पुरुषको यौनचाहनामा महिलाको आँसुले कमी ल्याउने एक अध्ययनले देखाएको छ । एक अनुसन्अधानकतार्नुले एउटा वियोगगान्त चलचित्र देखाउँदा रुन पुगेका महिलाकोहरुको आँसु संकलन गरेका थिए । त्यसपछि २४ जना पुरुषलाई अलगअलग महिलाको तस्बिर देखाइयो । तसिबरसँगै उनीहरुको नाकाके तल प्याड राखेर महिलाको आँसु भएको र नभएको दुईखाले मिश्रण सुँघाइएको थियो । लगातारको यो अनुसन्धानपछि आँसु नभएको नुनको मिश्रण सुँघ्ने पुरुषलाई महिलाको तस्बिर आर्कषक लाग्ने गरेको र आँसु भएको मिश्रण सुँघ्नेलाई जस्तै महिलाको तस्बिर भए पनि आर्कषक नहुने र उनीहरुबाट कुनै कामोत्तेजनाको प्रतिक्रिया नपाएकोे पत्ता लागेको थियो ।
इजरायलको विजमान संस्थानले गरेको उक्त अनुसन्धानले महिलाको आँसुमा हुने रसायनले पुरुषको कामोत्तेजना कम गर्ने बताइएको छ । अनुसन्धानमा संलग्न प्रोफेसर नोम सोबेलक अनुसार महिलाको आँसुमा हुने रसायनले पुरुषमा कामोत्तेजनासँग सम्बन्धित ‘टेस्टोस्टेरोन’ रसायन कम गर्ने गरेको र यसले मस्तिष्कमा यौनचाहनालाई कम गर्ने देखाएको बताए । एजेन्सी