धरान /धरान–७ मा एक करोडभन्दा माथिको लगानीमा होटल खुलेको छ ।

झण्डै एकदशकदेखि होटल व्यवसायमा संलग्न रविन्द्र अधिकारीले होटल सन्ध्या इन सञ्चालनमा ल्याएका हुन् । होटल माघ २ गतेदेखि औपचारिकरूपमा शुरु हुँदै छ । होटलमा १३ वटा एट्याच बाथरूमसहितको सुविधायुक्त कोठाहरू उपलब्ध छन् । जसमा ६ वटा एसी कोठा छन् भने अन्य एसीरहित रहेको सञ्चालक अधिकारीले बताए । १२ सयदेखि माथि २ हजार रुपैयाँसम्मका कोठाहरू उपलब्ध छन् ।

होटलमा बास बस्ने ग्राहकको लागि भने २४ सै घण्टा सेवा उपलब्ध रहने उनले बुधबारको पत्रकार सम्मेलनमा बताए । होटलमा रुफटफसमेत रहने छ । होटलमा एउटा सेमिनार हलसमेत रहेको उनले जानकारी दिए ।