धरान / धरान उपमहानगरपालिका ८ स्थित धरान प्रवेश गर्ने नाकामा सिसि क्यामेर जडान गरिएको छ । उक्त सिसि क्यामेरा धरान आईटी जोन संस्थाका संचालक करुण राईले इलाका प्रहरी कार्यालय धरानलाई हस्तान्तरण गरेका थिए । उक्त प्रवेशद्वारमा हिड्ने सवारी साधान तथा मानिसहरुको आउजाउ निगरानी गर्न सिसि क्यामेरा जडान गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
जापानको हिटाची कम्पनीको १ वर्षको वारेन्टी सहितको क्यामेर राखिएको हो । उक्त क्यामेराले ३ महिनासम्मको रेकर्ड रान्न सक्छ । ६ मेगापिक्सलको क्यामेराले रातीको पनि दृष्य खिच्ने छ । पूर्वी पहाडी जिल्लाको नाका तीनकुनेमा अपराधिक क्रियाकलाप बढेकाले सिसि क्यामराको निगरानीले अपराधिक गतिविधीमा न्यूनिकरण आउने प्रहरीले जनाएको छ । सो स्थानमा असईको नेतृत्वमा अस्थायी प्रहरी चौकी रहेको छ ।