सिरहा । सिरहामा मापदण्ड विपरीत सञ्चालित चार पानी उद्योगमा शिलबन्दी गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले प्रशोधित पिउने पानी निर्देशिका २०७४ बमोजिमको मापदण्ड पूरा नगरेका सिरहाका चार उद्योगमा शिलबन्दी गरेको छ । सिरहाको गोलबजार–७ चोहर्वाका इन्दिरा जल, आनन्द जल, गोलबजार–६ का कमलामाई पानी उद्योग र गोलबजार–६ को सीता हेल्दी कुलिङ वाटर इण्डष्ट्रिजमा मापदण्ड विपरीत सञ्चालित उद्योगमा शिलबन्दी गरिएको हो ।

खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय राजविराज, घरेलु उद्योग कार्यालय लहान र उपभोक्ता हित संरक्षण मञ्च सिरहाका प्रतिनिधीहरुले अनुगमनको क्रममा मापदण्ड विपरीत संचालन गरेको पाइएको खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय राजविराजका प्रमुख शुरेस कुमार सिंहले जानकारी दिए ।

उद्योगहरु मापदण्ड नपुगेको र न्यूनतम सरसफाइसमेत नपाइएको सिंहले बताए । उनले ‘कतिपय उद्योगले मापदण्ड पूरा नगरेको बताए । पानी उद्योगबाट उत्पादित पानी जाँचको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाएको जनाए । मापदण्ड पूरा नगरुञ्जेल सञ्चालन नगर्न भन्दै शिल गरेको हो ।