उदयपुर/ अत्याधुनिक सुविधा सम्पन्न नेत्र ज्योति संघको भवन एक कारोड ८० लाखमा निर्माण हुने भएको छ । उदयपुरमा निर्माराधीन सुविधा सम्पन्न नेत्र ज्योती संघको तीन तले भवन एक कारोड ८० लाखमा निर्माण हुने भएको हो ।
करिब कुल लागत एक करोड ८० लाखमा निर्माणराधीन भवनको निर्माण कार्य सम्पन गर्न सकिने नेपाल नेत्र ज्योति संघ उदयपुरका सभापती भागवत राउतले बताए ।
उक्त रकम मध्ये जग देखि पहिलो तलासम्म तत्कालिन माननिय ससभासद मन्जुकुमारी चौधरीको निर्वाचन पूर्वाधार विकास कार्यक्रामबाट ४० लाखले बनेको र दोस्रो तला नेपाल सरकारबाट प्रदान भएको ५० लाखले निर्माण कार्य भई सकेको र तेस्रो तला र पूर्वधारको लागि पुस १३ गते जापनिज राजदुतावाससँग ८१ हजार एक सय ९२ रुपैया अमेरिकन डलर भवनको लागि सहयोग गर्ने सम्झौता भएको राउतले बताए ।
सम्झौता पत्रमा नेपाल नेत्र ज्योति संघको तर्फबाट नेपाल नेत्र ज्योती संघ उदयपुरका सभापती भागवत राउत र जानिज राजदुतावासको तर्फबाट महामहिम राजदुत मासामिची साईगाले पत्रमा हस्ताक्षर गरेको राउतले बताए ।
जापानको सहयोग पश्चात आँखाको अप्रेशन गर्ने गरि पूर्वधारको पुर्ण रुपमा तयारी हुने र अवको एक वर्ष भित्रमा अस्पतालबाट अपरेसन सहितको सेवा प्रवाह गर्ने लक्ष्य लिएको राउतले बताए ।
नेपालको हकमा यस दोस्रो दर्जाको अस्पताल बन्ने भएको छ । अस्पतालमा शारीरिक रुपमा अशक्त व्यक्ति, महिला र बालबालिका मैत्री बन्ने राउतले बताए । शारिरीक अशक्त, महिला र बालबालिकाको लागि छिट्टा छुट्टै सेवा प्रदान गर्ने र भवनमा अत्याधुकि मैसिनहरुको प्रयोग गरि जलविन्दु, मोतिबिन्दु जस्ता आँखाको अप्रेसन समेत गर्ने राउतले बताए ।
नेपाल नेत्र ज्याती संघको व्यावस्थापन र सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा २०६५ साल देखि आँखा उपचार केन्द्रको रुपमा भाडामा घरलिएर सेवा दिदै आएको छ । आँखा केन्द्रमा अहिलेसम्म एक लाख २६ हजार ८ सय ३२ जना आँखाको विरामीहरुले सेवा पाएको केन्द्रले जनाएको छ ।
उक्त अस्पतालमा अहिलेसम्म आउन मदनभण्डारी राजमार्ग देखि मात्रै बाटो भएकोले अलिक घुमाउरो हुने भएकोले त्रियुगा नगरपालिकासँग समन्वयन गरि सगरमाथा राजमार्गबाट छोटो दुरी पर्ने भएकोले सडक जोड्न पहल गर्ने र सबै पक्षले पनि सहयोग गरिदिनु अनुरोध समेत राउतले गरेको छ ।
यस अस्पतालबाट जिल्लाका विकट पहाडी भेगका सर्वसाधरण तथा छिमेकी जिल्लाका जनताहरुले सहज र सरल रुपमा सेवा पाउने राउतले बताए । अधिकांश मानिसहरु आर्थीक समस्याले रोग पालेर बस्नु पर्ने बाध्यतालाई हटाउने राउतले बताए ।