यासोक । यासोक बजारमा एका बिहानै पानी छोडेको आवज गुन्जिन्छ । जाडोमा बिहान अबेर उठ्नेहरु हतार हतार रित्ता ड्रम, ग्यालिन र गाग्रो बोकेर दौडिदै पानीको धारामा पुग्छन, र तछाड मछाड गर्दै एक पछि अर्को गर्दै पानी थाप्न थाल्छन ।

केही ड्रममा भएको पानी खाली गर्न धमाधम लुगा धुदै गरेका भेटिन्छ । केही दिन यता पाँचथरको सुख्खाक्षेत्र कुम्मायक गाउँपालिकामा यस्तै रोचक दृश्य देख्न पाइन्छ । खानेपानी अभावमा काकाकुल बनेको कुम्मायकवासीले डिप बोरिङबाट निकालिएपछि राहतको महसुस गरेका छन । कुम्मायक–४ रानिगाउँमा डिप बोरिङमार्फत पानी निकालेपछि पानी थाप्न स्थानीयको लर्को दिन प्रतिदिन बढ्दै गएको छ । पानीको परिक्षण गर्दा खेर गएको पानीलाइ लुगा धुन, गाइबस्तुलाइ दिन र सरसफाइ गर्न काम दिने भएकाले पानी ओसारको स्थानीय बिष्णुमाया सम्बाहाम्फेले बताइन् ।

उनले ५ सय लिटरको ड्रमलाइ नाम्लो लगाएर पानी थाप्न धारमा पुगेकी थिइन । घरमा पानी ओसार्न समस्या भएकाले धारामै ड्रममा पानी जम्मा गरेर लुगा कपडा धुने उनले बताइन । पानीलाइ खान योग्य बनाउँनको लागि पम्पको प्रयोग गरेर पानी परिक्षण गरिदै आएको छ । प्रदेश सरकारको १ करोड रकमबाट गाउँपालिकाको तीन स्थानबाट खानेपानीको सफल परिक्षण गरिएको छ । यासोक, रानिगाउँ र स्याबरुम्बा गरी तीन स्थानबाट मेची कन्सट्रसन झापाले सम्झौता गरेको थियो भने पाथिभरा डिप बोरिङ सुनसरीले पानी निकालेको हो ।

जमिनको सतहबाट २ सय ३० मिटर भन्दा बढि गइराईसम्म डिप बोरिङ गरिएकाले पानीको अभाव टरेको पाथीभरा बोरिङ एण्ड कन्सट्रकसन सुनसरीका सञ्चालक कृष्ण दुलालले जनाए । ‘हामीले धेरै स्थानमा डिप बोरिङको काम गरेका छौ, बर्षै भयो पानी निरन्तर आएको छ । कुम्मायकवासीले धेरै बर्षसम्म यो पानीको प्रयोग ढुक्कले गरे हुन्छ दावि गर्दै दुलाले भने ।

कट्रन्सनले २०७५ मंसिर २९ गतेबाट डिप बोरिङको काम गर्दै आएको छ । उपभोक्ता समिति मार्फत डिप बोरिङको काम भएको थियो । खानेपानीको व्यवस्थापन गाउँपालिकाले गर्ने भएको छ । पानीको परिक्षण गरिएको स्थानमा पंम्प, ट्रान्सर्फमर र पाइपबाट स्थानीयलाई पानी बितरण गर्न गाउँपालिकाले तिब्रता दिएको छ । पानी निस्कीएको स्थानमा पानीको परिक्षण भइरहेको छ । परिक्षण गरिएको स्थानमा स्थानीयलाइ पानी थाप्न भ्याइनभ्याइ छ । गाउँपालिकाको पूरै ध्यान पानीको ब्यवस्थापनमा भएकाले केही दिनमै गाउँ–गाउँमा बितरण गर्ने गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले सुनाए ।

‘खानेपानीको अल्पकालीन बिकल्पको रुपमा डिप बोरिङको सफल परिक्षण भएको छ । पानी अभावमा बसाइ सर्न लागेका स्थानीयलाई रोक्न डिप बोरिङले ठुलो मर्दत गरेको छ । यसमा हामी सफल पनि भएका छौ हर्सित मुद्रामा चेम्जोङले भने । कुम्मायक गाउँपालिकामा खानेपानी निस्कीएपछि तमोर लिफ्ट खानेपानीका आरभिटिबाटै प्रतेक टोलमा पानी बितरण गर्ने गरी तयारी थालिएको छ ।