पथरी । कीर्ते गरेर जग्गा किनेको आरोपमा पथरीशनिश्चरे नगरपालिकाको न्यायिक समितिको एक सदस्यको पद खुस्किएको छ ।

नगरको न्यायलमा जनताको न्याय सम्पादन गर्न सदस्यमा नियुक्ती भएको दुर्गा सिटौलाको सदस्यको पद फुस्केको हो । सिटौला वडा नम्बर १,बाट वडा सदस्यमा निर्वाचित जनप्रतिनिधि हुन् । न्यायपालिका सदस्य दुर्गा सिटौला र वडा नं. ३ का वडासचिव कमल भट्टराईको मिलेमतोमा वडा नम्बर २, मा रहेको द्रुपदा गजुरेलको कित्ता नम्बर ५१० र १४१ को साढे १० कट्ठा जग्गा किर्ने गरी दुवैजनाले किने पछि विवाद आएको थियो ।

न्यायीक समितिका सदस्य सिटौलाले आफ्ना श्रीमती कमला देवि सटिौला र वडा सचिव भट्टराईले आफ्ना श्रीमती गंगादेवी भट्टराई नाममा जग्गा पास गराएको थियो । त्यसैगरी चन्द्रमाया विश्वकर्माको नाममा पनि जग्गा पास गरी तीन जनाले किनेका थिए । वडा नं. २ को जग्गा ३ को भन्दै सबै कागज पत्र पुर्याएई आएकोले आफुले सिफारीस गरेको तर पछि बुझ्दा आफूलाई फसाईएको वडा ३ का वडाध्यक्ष डम्बर बहादुर चेम्जोङले बताए ।

वडा नं. २ को जग्गालाई वडा नं. ३ मा सिफारीस गरी जग्गा बेचविखन भएको र आफ्नो आमालाई ज्वाई यदुनाथ वाग्लेले ललाई फकाई गरी जग्गा बेचेको भनि न्यायिक समितिमा उजुरी आएपछि किर्ते जग्गाको खरिदविक्रि सार्वजानीक भएको थियो । वडासचिव भट्टराई स्थानीय हुन । वडासचिव भट्टराईलाई पनि कारबाहीको प्रकृया अघि बढेकोेले उनलाई पनि कारबाही गरीने उपमेयर यामुना विष्ट बास्तोलाले बताइन् ।

गजुरेलको परिवारमा २०५० सालमा अंशवण्डा भएको थियो । विवाहित जेष्ठा छोरा १५ कट्ठा, अविवाहित कान्छा छोरा १७ कट्ठा र आमाबुबाको जिउनी भाग १२ कट्ठा गरेर छुट्याएका थिए । आमा द्रुपदा छोरा हरि र छोरी पबित्राले अभद्र ब्यावहार गरेको भन्दै कान्छी छोरी ज्वाईकोमा बस्दै आएकी थिन । ससुराको मृत्युको काम र सासु आमा बिरामी हुँदा सवै खर्च ज्वाई यदुनाथ वाग्लेले खर्च गरेका थिए । आमा र बाबुको जिउनी १२ कठ्ठा जग्गाको विषयमा आमा द्रुपदा गजुरेल र छोरा हरि प्रसाद गजुरेल र ज्वाइँ यदुनाथ वाग्ले विच बिबाद भएकछि भाद्र ८ गते पथरीशनिश्चरे नगरपािलकाको न्यायीक समितीले घर भएको ढेड कट्ठा जग्गा बाहेक अरु बेच्न सक्ने निर्णय गरिदिएको न्यायिक समितिका संयोजक यामुना विष्ट बास्तोलाले बताइन ।

उति खेरै देखि लगभग ८५ बर्षिय आमा द्रुपदा आफ्नो कमल गाउँपालिकामा रहेको जेठा छोरासँग बस्ने बताउँर्दै आएकी थिइन् । उनले विक्रि गरेको जग्गाको रकमले कमल गाउँपालिकामा ५ कट्ठा जग्गा पनि खरिद गरेको न्यायिक समितिमा आमा द्रुपदाले बताइकी थिइन् । न्यायपालिका जादा न्यायीक समित संयोजक यमुना विष्ट वास्तोलाले न्यायपालिको कुनै गल्ती नभएको तर काम गर्नेहरुले गलत काम गरेकोले उनिहरुले कारबाही हुनु पर्ने बताए ।