विराटनगर/विराटनगर – २ शंकरपुर मार्गमा संचालन भएको विराट टे«ड एक्स्पोमा २२ करोडको कारोबार गर्दै शनिबार समापन भएको छ ।
९ दिनकोे अवधिमा १ लाख २० हजारले अवलोकन गर्दा २२ करोडको कारोबार हुँदै एक्स्पो समापन भएको मोरङ व्यापार संघको अध्यक्ष पवनकुमार सारडाले जानकारी दिए ।

एक्स्पो संचालन भएको अवधिमा सबैभन्दा बढी क्रिसमसडे र अन्तिम दिन शनिबार बढी अवलोकन गर्न आएको एक्स्पोको संयोजक अनुपम राठीले बताए । क्रिसमसडेको दिन मात्र १५ हजारले एक्स्पो अवलोनक गर्न आएको उनको भनाई छ । ‘एक्स्पोमा उपभोक्ता, उद्योगी तथा व्यवसायीको आकर्षण बढेको देखियो,’ मोरङ व्यापार संघका अध्यक्ष सारडाले भने,‘ एक्स्पोमा राखिएको आकर्षक स्टलका साथै राम्रो व्यवस्थापनले अवलोकन गर्न आउनेले प्रत्येक स्टलमा पुग्ने गरेको पाइयो ।’

९ दिनसम्म सचालन भएको एक्स्पो प्रवेश गरेपछि गाडीको स्टल हेर्दै उपभोक्ता निर्माण सामग्री, बैंक, बिमा, इलेक्ट्रोनिक्स, दैनिक उपभोग्य सामग्री, खाद्यान्न, फर्निचर, कृषिजन्य, कृषियन्त्र, हस्तकला, तयारी पोसाकलगायतको २ सय ५० स्टलमा राखिएको उत्पादन हेर्दै स्टलबाट बाहिरिने व्यवस्थापन गरिएको थियो । खाना स्टलमा ब्रियानी, कबाब, मःम, चाउमिन, जलेबी, विभिन्न किसिमका चाट, बर्गरलगायतका साकाहारी खानाका साथै मांसाहारी खाना खाएपछि उपभोक्ता मनोरञ्जनात्मक कार्यक्रम हेर्न पुग्ने गरेका थिए । एक्स्पोमा दैनिक राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुतीले युवायुवती, किशोरकिशोरीहरूलाई मनोरञ्जन दिदै आएका थिए । एक्स्पोको समापनको दिन हाँस्यकलकार मनोजर गजुरेल र गायक एड्रिन प्रधानको प्रस्तुतीले सहभागीलाई छुट्टै मनोञ्जन ग¥यो ।

एक्स्पो समापनको दिन १ नम्बर प्रदेशका प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङ्गले आर्थिक क्षेत्रको विकास र प्रदर्शनको लागि यस्तो एक्स्पोले महत्वपूर्ण भूमिका निभार्ह गर्ने बताए । उनले आगमी दिनमा समेत यस्तो एक्स्पोले निरन्तरा पाउनुपर्नेमा जोड दिए । कार्यक्रममा राष्ट्रिय सभाका सदस्य रमेशजंग रायमाझी, प्रदेश सभाका प्रतिपक्ष दल नेपाली काग्रेसका सचेतक केदार कार्की, नेकपका नेता गोपी गाछमी, महेश रेग्मी, लगायले बोलको थिए ।