ताप्लेजुङ । पूर्वी हिमाली जिल्ला ताप्लेजुङको तापक्रम शनिबार यस वर्षकै कम मापन भएको छ ।

पूर्वी क्षेत्रीय हावापानी फिल्ड कार्यालय ताप्लेजुङका अनुसार, ताप्लेजुङको शनिवार बिहानको तापक्रम १ डिग्री छ । यसअघि शुक्रवार ४ दशमलब ८ डिग्री मापन गरिएको थियो भने दिउँसोको तापक्रम १३ डिग्री सेल्सियस मापन गरिएको हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।

सदरमुकाम फुङ्लिङमा नै १ डिग्री सेल्सियस मापन गरिँदा माथिल्लो क्षेत्रको तापक्रम माइनसमा झरेको छ । यस अघि शुक्रवार दिउँसो जिल्ला सदरमुकामको सुकेटार क्षेत्र सम्म हिमपात भएको थियो ।