इटहरी / इटहरी–५ को बराह टोल विकासको संस्थाको ५ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाको आफ्नै भवनमा आयोजित साधारणसभा ३ सय साधारण सदस्य सहभागी भएका थिए । संस्थाले करिब १२ लाख लागतमा आफ्नै पक्की भवन निर्माण गरेको छ । १ सय ६१ घर धुरी बराह टोल विकास संस्थामा आवद्ध छन् । संस्थाले ७ लाख ३८ हजार ६ सय ७५ बचत परिचालन गरेको छ ।
साधारणसभाले २ वर्ष कार्यकालका लागि संजिवकुमार कटुवाललाई अध्यक्षमा चयन गरेको छ । कार्यसमितको उपाध्यक्षमा हिमा बस्नेत, सचिवमा लक्ष्मी बस्नेत, कोषाध्यक्षमा भीमप्रसाद भेटवाल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मेनुका घिमिरे, राधिका बुढाथोकी, परमेश्वर चौधरी, धु्रव नेपाल र सिर्जना कटुवाल चयन भएको नवनिर्वाचित अध्यक्ष संजिव कटुवालले बताए ।