धरान । इण्डोनेसियामा आएको सुनामीमा परी मृत्यु हुनेको संख्या १६८ जना पुगेको छ ।

शनिबार राति ज्वालामुखी बिस्फोटपछि पानी मुनी पहिरो जाने क्रममा आएको सुनामीले इण्डोनेसियाको दुई आइल्याण्ड टापु सुमात्रा र जाभा क्षेत्र प्रभावित बनेको छ । जसमा ज्यान गुमाउनको संख्या १६८ पुगेको विपद् व्यवस्थापन एजेन्सीलाई उदृत गर्दै इण्डोनेसियाको अनलाइन द जाकार्ता टाइम्सले जनाएको छ ।

2018_09_23_54480_1537705127._large

कम्तिमा ७५० जना घाइते भएको जनाइएको छ । अहिले प्रभावित क्षेत्रमा उद्धारका लागि १० भन्दा बढी एम्बुलेन्सलगायतका बाहान तैनाथ राखिएका छन् । शनिबार राति आएको ज्वालामुखीपछिको सुनामीले क्षतिग्रस्त क्षेत्रका मानिसहरूको उद्धारमा जोडिएका छन् । आइतबार अपरान्हसम्मको आकडा अनुसार मर्नेको संख्या अझै बढ्न सक्ने एजेन्सीले जनाएको छ ।

2018_12_23_61452_1545537513._large

उक्त क्षेत्रमा रातको समयमा सांगीतिक कन्सर्टका एक जना मेनेजरसमेतको मृत्यु भएको छ । उक्त व्याण्डका एक सदस्यले उक्त कुरा इन्स्टाग्राममार्फत् पुष्टि गरेका छन् । मृत्यु हुनेमध्ये १० जना विदेशी पर्यटकहरू पनि रहेको बताइन्छ ।

विपद् व्यवस्थापन एजेन्सी लामपुङका प्रमुख आइ केटुट सुर्केताका अनुसार जिल्लाका चारवटा क्षेत्र साउथ लामपुङ, कालिन्दा, राजाबासा, सिडोम्युलो र कातिबुङ प्रभावित बनेका छन् । उनका अनुसार उक्त क्षेत्रमा शनिबार रातिदेखि नै उद्धार र उपचारका लागि खटिरहेको छ । ३५ जना अझैं हराइरहेका छन् । सयौं घरहरू क्षतिग्रस्त बनेका छन् ।