विराटनगर/ विराटनगरस्थित स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटल प्रालिले तेस्रो वार्षिक उत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिवरको आयोजना गर्ने भएको छ ।

हस्पिटलले यही पुष ८ देखि १० गतेसम्म निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको हो । वार्षिक उत्सवको अवसर पारेर स्वास्थ्य शिवरको आयोजना गरेको शुक्रबार अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

तेस्रो वार्षिक उत्सव भव्यताका साथ मनाउने तयारी गरिएको हस्पिटलको अध्यक्ष रुपेश अधिकारीले जानकारी दिए ।

वार्षिकोत्सवका अवसरमा पुष ८ देखि निःशुल्क हाडजोर्नी एवम् नशा शिविर गर्ने जनाएको छ । यस्तै १० गते रक्तदान तथा वार्षिकोत्सव कार्यक्रम गर्ने अस्पतालका अध्यक्ष अधिकारीले बताए । अस्पतालले ५ सय विरामीको निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथै औषधि पनि निःशुल्क वितरण गर्ने जनाएको छ ।

काठमाडौँबाट आएको ६ जनाको विशेषज्ञ चिकित्सकहरुको टोलीले उपचार दिइने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । जसमा विशेषयज्ञ चिकित्सव सुनिल कुमार पौडेल, अनिल महतोलगायतको टिम आउने बताइएको छ ।

वार्षिक उत्सवको अवसरमा ल्याबमा समेत छुटको व्यवस्था गरिएको हस्पिटलले जनाएको छ । रगतमा सुगर जाँच, युरिक एसिड जाँच निःशुल्क तथा अन्य प्याथोलोजी सेवामा ४० प्रतिशत छुट दिने अस्पतालले जनाएको छ ।

उपचार र अस्पतालमा भर्ना बिरामीलाई २० प्रतिशत छुट दिनुका साथै दुर्गम क्षेत्र तथा ज्येष्ठ नागरीकहरुलाई विशेष छुट दिने अधिकारीले बताए ।

सोही अवसरमा पत्रकार र पत्रकारका परिवारलाई सबै सेवामा ५० प्रतिशत छुट दिइने बताइएको छ । अस्पतालले प्यारालाइसि (पक्षघात) जस्तै(मुख बाङ्गिने शरीरको एक वा दुवै भाग नचल्ने, ढाड, कम्मर, गर्धन दुख्ने नसा च्यापिएको, हड्डी खिइएको, बाथ(आर्थराइटिस), घुडा जोर्नीहरु दुख्ने लगायतका रोगहरुको सफल उपचार गर्दे आएको छ ।