रङ्गेली/ शुक्रबारबाट विराट ट्रेड एक्स्पो विराटनगरमा शुरु भएको छ । एक्स्पोको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे । उनले विराटनगरको औद्योगिक करिडोरलाई व्यापारिक हवको रूपमा विकास गर्नै बताए । 

९ दिनसम्म सञ्चालन हुने एक्स्पोमा २ सय ५० स्टल छन् । घरेलु, साना , मझौला तथा ठूला उद्योगहरूका साथै स्वदेशी तथा विदेशी कृषि, खनिजलगायतका उत्पादनका स्टल छन् । करिब २ लाख अवलोकनकर्ता हुने अनुमान आयोजकले मोरङ व्यापार सङ्घले गरेको छ ।

एक्स्पोमा करिब २ करोड बराबरको कारोबार हुने बताइन्छ ।

उद्घाटन कार्यक्रममा प्रतिनिधिसभाका सांसद् मोति दुगड, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्र्रधान, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलगायतको उपस्थिति रहेको थियो ।