विराटनगर/ मोरङको जहदा गाउँपालिका १ धुनिमा एक आर्थिक अवस्था नाजुक रहेको परिवारलाई खाद्यान्य तथा लत्ताकपडा सहयोग गरिएको छ ।  विराटनगरका युवा तथा सामाजिक अभियान्ता सुमन प्रसाइले सोमबार सहयोग गरेका हुन् ।

प्रसाइले जहदा १ का अति विपन्न रानी, नेहा र सुविना मुखियालाई सिरक, डसना, झुल, तन्दा, जाडोमा लगाउने टूयाकसुट तीन वटा तथा खाद्यान्यको सामाग्रीहरू प्रदान गरेको कार्यक्रम संयोजक पेरिस सुवेदीले बताए ।

साना बालिकाहरू मुटु काम्ने जाडोमा कष्टकर जीवन यापन गरेको जानकारी पाएपछि उनीहरूलाई सहयोग गरेको युवा व्यवसायी प्रसाइले बताए ।  कष्टकर जीवन यापन गर्दै आएका यी साना बालाकिाहरू मामल पटिको हजुरआमा सर्जि मुखियाको घरमा बस्दै आएका छन् ।

‘आर्थिक अवस्था नाजुक भएर कष्टकर जीवन जिउँदै आएको खबर युवा अभियान्ता पेरिस सुवेदी आफ्नो फेशबुक वालमा हालेका थिए,’ सहयोग प्रदान गर्दै व्यवसायि प्रसाइले भने, ‘उनकै सूचनाको आधरमा मैले यी बालिकाहरूलाई सहयो गरेको हु ।’

पानी पर्दा चुने र जाडोमा चिसो हावा छिरेर सानो छाप्रोमा कष्टकर जीवन यापन गर्दै आएकी यी वालिकाहरूको घर जीवन विकास समाजले धमाधम निमार्ण समेत गरिदिदै आएको छ । ८ धुर जमिनमा समाजले घर निमार्ण गरिएको हो ।

निमार्ण कार्य धमाधम भएकोले अबको एक साता भित्रमा घर तयार भएर मुखीया परिवारलाई हस्तान्तरण गर्ने तयारी छ ।