दमक/ पछिल्लो समय किशाेरीमाथी हुने बलात्कार तथा हिंसाका घटना बढन थालेपछि त्यसबाट कसरी बच्न सकिन्छ भन्नेबारेमा तालिम दिन सुरु गरिएको छ ।  झापाको दमक नगर भित्र रहेका बिभिन्न विद्यालयका किशाेरीहरुलाई एक हप्तासम्म आत्मरक्षा सम्बन्धीको तालिम दिइएको हो ।

पछाडीबाट कसैले आएर आक्रमण गर्दा, हिड्दा हिडदै हात समातेर लगाउन खोजे , कसैले तानेर भित्तामा टसाएर अभद्र व्यवहार गर्न खोजे, वा सामुहिक रुपमै बसैले आक्रमण गर्न खोजो कसरी बच्न सकिन्छ भन्नेबारेमा दमकका किशाेरीहरुलाई आत्मरक्षाको तालिम दिइएको छ ।

केआईफ कुरोदय मार्शलआर्टस सघं झापाका उपाध्यक्ष समेत रहेका प्रशिक्षक प्रकाश बस्नतेले दमकका २८ जना किसोरीहरुलाई एक हप्तासम्म आत्मरक्षाको तालिम प्रदान गरेका हुन् ।

दमकका सामुदायीक तथा निजी विद्यालयमा अध्यनरत २८ जना किशाेरीहरुलाई आत्मरक्षाको तालिम प्रदान गरिएको हो । पहिलो चरणमा दमक नगरपालिका वडा नं ५ भित्रका किशाेरीहरुलाई तालिम प्रदान गरिएको छ ।

अब यो कार्यक्रम नगरका हरेक वडामा लगिने नगरपालिकाको खेलकुद विकास समितीले जनाएको छ । समितीका अध्यक्ष केन्द्र प्रसाईले यो तालिमले किसोरीमाथी हुने बलात्कार तथा विभिन्न हिंशा रोक्न मद्यत गर्ने भएकोले यस प्रकारको तालिमलाई नगरका सबै वडामा पुर्याइने अध्यक्ष प्रसाईले बताएका छन् ।

आत्मरक्षा तालिमले किशाेरीमाथी हुने बलात्कार जस्ता अन्य अपाराधिक घटना हुनबाट जोगाउने विश्वास लिइएको छ । त्यसैले अहिले देशका बिभिन्न ठाउँमा नै आत्मरक्षाको तालिम सञ्चालन गरि किसोरी माथी हुने हिंशा न्यूनिरकणको अभियान नै चलाईएको छ ।

केआईफ कुरोदय मार्शलआर्टस सघंले देशका बिभिन्न स्थानीय तहसँग सहकार्य गरि यो प्रकारका तालिम प्रदान गर्दै आएको सघंकी महासचिव विद्या चाम्लिङले बताईन् ।