धनकुटा/ हिंसा महिलालाई मात्र नभएर पुरुषलाई पनि हुने भएकाले जनस्तरमा सचेतना जागाउनु पर्ने यहाँ सोमबार आयोजित एक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
हुसाडेक नेपाल धनकुटाको आयोजनामा सम्पन्न लैगिक हिंसा विरुद्धको १६ दिने अभियानको औपचारिक समापनको समारोहमा बोल्ने सहभागी वक्ताहरुले सरकारलाई यस्तो सुझाव दिएका हुन ।
उनीहरुले पछिल्लो समयमा समुदायमा सचेतनाको कार्यक्रम पुर्णरुपमा बन्द भएको भन्दै देशको समृद्धि र विकास गर्ने हो भने समुदायलाई सचेतना जगाउनु पर्नेमा जोड दिएका हुन् ।
विश्व मानव अधिकार दिवश (डिसेम्बर–१०) को अवसर पारेर १६ दिने लैगिक हिंसा विरुद्धको अभियान समापन कार्यक्रमसँगै आयोजना गरिएको अन्तरसम्वाद कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले यस्तो सुझाब दिएका हुन् ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले मानव अधिकार खोज्दा भेट्न सकिने र हेर्दा देख्न सकिने हुनु पर्नेमा जोड दिएका छन् ।
उनले मानव अधिकारको रक्षा राज्यले गर्नु सक्नु पर्नेमा जोड दिए । कार्कीले मानव अधिकारको साच्चिकै रक्षा गर्ने हो भने नेपालमा जनचेतनाको विकासको लागी व्यापक लगानी गरेर अन्धविस्वासको अन्त्य गनुृ पर्नेमा जोड दिए ।
सो अवसरमा कार्कीले धनकुटामा परापुर्वैकाल देखी नै गाँजाको खेती हुने गरेको पाईएको बताए । उनले धनकुटाको गाँजा खेतीमा विदेशी लगानी स्देशी उत्पादन हुने गरेको दाबी गरे ।
उनले प्रशासनले हरेक वर्ष हजारौँ बोट गाँजा फाड्दा पनि गाँजा लगाउन नछाड्ने गाउँका किसान किन पछि हट्दैन्न, व्यावहारिक रुपमा कुरा वुझ्न पर्ने बताए ।
लगानी आफ्नो नभएपछि आए आँप, गए झटारो भने झै गरेर धनकुटामा गाँजा खेती भैरहेको दाबी कार्कीको छ । उनले अब देखी गाँजा खेती गर्ने क्षेत्रमा विशेष खालको कार्यक्रम लान स्थानिय सरकारलाई जोड दिदै त्यति गर्दा पनि भएन भने गाजा लगाउने व्याक्तिको जमिन नै सरकारले जफत गर्नु पर्नेमा जोड दिए ।
सो अवसरमा हुसाडेक नेपालका अध्यक्ष खेम घिमिरेले धनकुटा जिल्लाको मानव अधिकारको अवस्था विषयक एक कार्यपत्र समेत प्रश्तुत गरेका थिए ।
उनले धनकुटा जिल्ला मानव अधिकारको सम्मान गर्ने जिल्लाको रुपमा परिचित रहेको दाबी गरेका थिए । कार्यक्रममा गैसस महासंघ, आदिवासी जनजाति महासंघ, महिला मानव अधिकार रक्षक संजाल, अपाङ्ग संघ, प्रहरी, अन्तरपाटी मही ला संजाल,शसस्त्र प्रहरी, मानव अधिकारकर्मी, रेडक्रस लगायतका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन हुसाडेक नेपालका महासचिव सरोज भुजेलले गरेका थिए ।