विजयपुर/लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहीन बनेको धरान उपमहानगरपालिकामा सोमबारबाट विनोद पोख्रेलले कार्यभार सम्हालेका छन् ।

धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन घिमिरे कार्तिक १२ गते सरुवा भएर वैदेशिक रोजगार विभागमा सरुवा भई गएपछि धरानमा प्रमुख प्रशासकिय अधिकृतको पद खालि रहेको थियो ।

उपमहानगरपालिकामा सह सचिवलाई प्रमुख प्रशासकीय अधिकृत पठाउनु पर्ने भएपनि मन्त्रालयले उप-सचिव विनोद पोखरेललाई निमित्त प्रशासकिय अधिकृत बनाएर पठाएको छ ।

पोखरेल संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयबाट सरुवा भई आएका हुन् ।

सोमबारबाट उपमहानगरपालिकामा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत पोखरेलले जनताका कामलाई कानुन सम्मत हिसाबले सम्पादन हुनु पर्ने बताएका छन् ।

सोमबार नै उपमहानगरपालिकाका महाशाखा तथा शाखा प्रमुखहरुसँग छलफल गरि हालसम्म भए गरेका कामहरुको जानकारी लिएका थिए । उनले उपमहानगरपालिकाबाट सम्पादन गर्नु पर्ने कामलाई चुस्त र व्यवस्थित बनाउन निर्देशन पनि दिए ।

उपमहानगरपालिकाबाट प्रवाह हुनै सबै खाले सेवालाई चुस्त र व्यवस्थित बनाउन उनले महाशाखा तथा शाखा प्रमुखहरुलाई निर्देशन पनि दिए ।

प्रमुख प्रशासकीय अधिकृत आएपछि उपमहानगरपालिकाका रोकिएका प्रशासनिक कार्यहरु नियमित हुन थालेको छ ।