विजयपुर । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले धरानमा रहेका मेडिकल पसलहरुको लगत राख्न शुरु गरेको छ ।

उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले गत भदौबाट लगत राख्न शुरू गरेकाे हाे । हालसम्म धरानका ३५ वटा मेडिकल सेन्टरहरू दर्ता भएको स्वास्थ्य महाशाखाका प्रमुख घनश्याम सिग्देलले बताए । उनले भने‘ धरानमा के कति मेडिकल हल छन् रेकर्ड नै नभएकोले स्वास्थ्यले यसको रेकर्ड राख्न थालेका हौ ।’

यसलाई अझ प्रभावकारी ढंगले काम गर्नका लागि महाशाखाले धरानमा रहेका मेडिकल सेन्टरहरुको अनुगमन शुरु गरेको छ । धरानमा सञ्चालन भएका मेडिकल सेन्टरलाई स्वास्थ्य महाशाखामा दर्ता गराउनकै लागि पनि अनुगमन शुरु गरिएको महाशाखाका प्रमुख सिग्देलले बताए । 

आइतबार पनि त्यही उद्देश्यका साथ धरानमा रहेका मडिकल पसलहरुमा अनुगमन गरेको उनले बताए । स्वास्थ्य महाशाखा सिग्तेल, बरिष्ठ कविराज रामबाबु यादव, इलाका प्रहरी कार्यालय धरानका प्रनि मेदनीप्रसाद साह र सुनसरी उद्योग वाणिज्य संघबाट प्रतिनिधि सम्मिलित टोलीले गरेको अनुगमन गरेको छ ।