धरान । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका इलामका एक युवा बेपत्ता बनेको केही समयपछि मृत अवस्थामा शव फेला परेको छ ।

इलाम सन्दकपुर गाउँपालिकाका नन्दकुमार शिवाकोटीको शव फेला परेको हो । उनी तीन वर्षअघि मलेसिया गएका थिए । उनको गत मंसिर १६ गते मृत्यु भएको अवस्थामा शव फेला परेको आफूहरूलाई जानकारी आएको परिवारजनले बताएको छ ।

शिवाकोटीमो मृत्युको कारणबारे हालसम्म खुलेको छैन । छिमेकी नेत्र रिजालका अनुसार शिवाकोटीको शव आइतबार थाई एयरमार्फत् नेपाल ल्याउने तायरी भइरहेको छ । शिवाकोटीको श्रीमतीसहित ६ जना छोरी रहेका छन् ।