ताप्लेजुङ/ ताप्लेजुङ बहुउद्धेश्यि सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई व्यवासायिक बनाउदै आर्थिक रुपमा आत्मनिर्भर बनाउन विभिन्न योजनालाई अघि सारेको छ । शुक्रबार भएको १८ औँ वार्षिक साधारणसभा मार्फत चालु आर्थिक वर्षमा कम्तिमा १५ सय सदस्यलाई सहकारी तथा व्यवसायिक शिक्षा प्रदान गर्ने लगायतका २४ बुदे आफ्ना योजना तथा कार्यक्रमलाई प्रस्तावको रुपमा अघि सारेको छ ।

साधारणसभामा वार्षिक प्रतिवेदन पेश गर्दै सञ्चालक समितिका अध्यक्ष ट्रामन सिग्देलले महिला शसक्तिकरणका लागि शिप विकासका तालिम दिने, आर्थिक र सामाजिक रुपले पछि परेका महिलालाई नीति तथा नियमको अधिनमा रहि सेवा प्रवाह गर्ने, छात्रवृत्ति, सुत्केरी खर्च, व्यवसायी तथा ज्येष्ठ नागरिक सम्मानका कार्यक्रमलाई निरन्तरता दिने लगायतका योजनाहरुलाई प्रस्तावको रुपमा अघि सार्नुभएको हो ।

यस्तै सहकारी खेतीहरु सञ्चालन गर्ने, बजारमा रहेका अखाद्य बस्तुको प्रयोगलाई न्युनिकरण गर्ने, सहकारीको कार्यक्षेत्र थप गर्ने समेत योजना रहेको उनले बताए ।

यस्तै सहकारीको सामाजिक सेवा अन्तरगत यो वर्ष पनि पानीको समस्यामा रहेको स्वास्थ्य संस्थालाई छनौट गरेर सहयोग गर्ने बताईएको छ । २०५८ सालमा स्थापित यस सहकारी संस्थामा हाल २४६१ शेयर सदस्य रहेको र रु. ८१ करोड १२ लाख ४६ हजार २ सय १५ रुपैँयाको कारोबार भई शेयर चुक्ता रकम १ करोड ५७ लाख ८८ हजार ७ सय रुपैँया पुगेको बताईएको छ ।

यस्तै चाल’ आर्थिक वर्षमा १ करोड ८४ लाख ५४ हजार १ सय ५० आमदानी र १ करोड १७ लाख २७ हजार ७ सय ९४ रुपैँया खर्च भएको जनाईएको छ । साधारणसभाको जिल्ला समन्वय समितिका प्रमुख धनेन्द्र मादेन, फुङलिङ नगरपालिका उपप्रमुख बमबहादुर भट्टराई लगायतले उद्घाटन गरेका थिए।