उर्लाबारी/ मंगलबार उर्लाबारी – मधुमल्ला सडक खण्डमा मोटरसाइकल दुर्घटना हुदा“ एक युवकको मृत्यु भएको छ ।

बिहान ३ बजे उत्तरबाट दक्षिण तर्फ आउदै गरेको को १९ प ४४७५ नंको मोटर साइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

चालक उर्लाबारी –६ का २० वर्षिय बोरिस धिमाल र पछाडी सवार २५ वर्षिय अमित धिमाल गम्भिर घाईते भएका थिए । गम्भिर घाईते अमितको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारका क्रममा बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका ईन्स्पेक्टर रामप्रसाद तिमल्सिनाले बताएका छन घाईते बोरिसको नोबेल अस्पताल विराटनगरमा उपचार भईरहेको छ ।