प्रदेश नं २ मा कुपोषणको समस्या बढ्दो

alt
  • मंसिर १८, २०७५
  • ४४५ पटक पढिएको
  • रासस

वीरगञ्ज /  पोषणयुक्त खानेकुराको अभावको कारण प्रदेश नं २ मा कुपोषणको समस्या बढ्दै गएको छ । नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पञ्चवर्षीय योजनाअन्तर्गत कुपोषण हटाउने कार्यक्रम अघि सारिएको छ । 
कुपोषण हटाउने कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन सङ्घीय सरकारले प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरमा बहुक्षेत्रीय पोषण योजना प्रादेशिक एकाइ कार्यालय स्थापना गरी बढ्दो कुपोषण हटाउन चेतनामूलक कार्यक्रम अघि सारेको संयोजक हेमन्त झाले बताए  

प्रदेश नं २ मा ३६ प्रतिशत बालबालिकामा कम तौल भएको देखिन्छ । त्यस्तै ३७ प्रतिशत बालबालिकामा पुड्कोपन, १४ दशमलब ४ प्रतिशतमा ख्याउटेपन देखिन्छ । जुन सङ्ख्या प्रदेश नं २ मा उच्च रहेको छ । 
गर्भवती महिला र बालबालिकामा पोषण तत्वको अभावको कारण मानसिक तथा शारीरिक विकासमा कमी आउनुजस्ता समस्या भयावह रहेको बताइएको छ । समुदायमा पोषण शिक्षाबारे जनचेतना फैलाउन नसक्नु, अति गरीब समुदायका बालबालिकाको उचित स्याहारसुसार नहुनु, पोषिलो खानाको अभावको कारण यो रोग लाग्ने गरेकाले यसको प्रचारप्रसार समुदायस्तरमा हुनुपर्नेमा संस्थाले जोड दिएको छ । 
प्रदेश नं २ मा बिसिजी सुईको अभावको कारण ५७ दशमलब ८ प्रतिशत महिलामा रक्तअल्पता देखिएको छ । प्रदेशमा खोप लगाउनेको सङ्ख्या ६५ प्रतिशत मात्र रहेको छ । प्रदेश नं २ मा देखिएको कुपोषणको भयावह समस्यालाई सामाधान गर्न सङ्घीय सरकार प्रदेश सरकारमार्फत यो कार्यक्रम ल्याएर देखिएको कुपोषणसम्बन्धी समस्या समाधान गर्न सक्रिय रही यो कार्यक्रमलाई ग्रामीणस्तरसम्म पु-याउन थालेका छन् । 

धरानमा तीन जनामाथि छ ...

धरान / आफ्ना साथीहरुलाई छुरा प्रहार गर्ने एक युवालाई हि ...

आस्था राउतलाई पक्राउ ...

धरान/ विमानस्थलमा महिला प्रहरीमाथि अभद्र व्यवहार गरेको ...

अमेरिकी गोलीकाण्डमा ...

ह्यूस्टन/ अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइत ...

मोदीको गाउँमा बाँदरक ...

विराटनगर । खेतमा लगाएको तरकारी बालि छरपष्ट छ । पाक्न ला ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved