दमक/झापाको दमक र कमल गाउँपालिकामा रहेका दुई जना ज्येष्ठ नागरिकलाई एक व्यक्तिले आजीवन भत्ता दिने घोषणा गरेका छन् ।

जेष्ठ नागरिक सघं झापाका सल्लाहकार सदस्यसमेत रहेका मेचिनगर नगरपालिका–१० का महावीर अग्रवालले दुई ज्येष्ठ नागरिकलाई आजीवन मासिक ५ सय रुपैयाँ भत्ता दिने घोषणा गरेका हुन् । दमक–८ का १०७ वर्षीया नन्दकुमारी अधिकारी र कमल गाउँपालिका–६ का १०१ वर्षीया धनबल राई रहेका छन् । 

अग्रवालले दमक कमल–५ का जबधु धिमालको स्वास्थ्य बिमासमेत गरिदिएका छन् । नेपाल सरकारको स्वास्थ्य बिमा अन्र्तगतको कार्यक्रममा सहभागी बन्न बिमितले वार्षिक २ हजार पाँच सय रुपैयाँ लाग्ने भएकाले उक्त रकम अग्रवालले तिरिदिएका हुन् ।