धरान/नेपाल राष्ट्रिय संयुक्त निवृत कर्मचारी संघको चौथो साधारणसभा शनिबार सम्पन्न भएको छ ।

संघले ३५ लाख ८ हजार ८ सय ३४ रुपैयाको बराबरको कुल आयव्यय सार्वजनिक गरेको छ । संघले धरान ४ मा भवन निर्माण गरिरहेको छ । कार्यक्रमको उद्घाटन धरान उपमहानगरकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुवेदीले गरिन् ।

संघकी कोषाध्यक्ष मञ्जु भण्डारीले आर्थिक वर्ष २०७४।०७५ को आयतर्फ २ लाख ३६ हजार ७१ रुपैया र व्ययतर्फ ३ लाख ८७ हजार ९ सय ८४ रुपैया रहेको आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् । भौतिक संरचना निर्माण भइरहेकाले संस्थालाई हाल १ लाख ५१ ह्जार ९ सय १२ रुपैया घाटा रहेको प्रतिवेदन उनले सार्वजनिक गरिन् ।

विभिन्न दाताहरुको सहयोगबाट भवन निर्माण गरिएको संस्थाका जिल्ला सचिव कुमार श्रेष्ठले बताए । भवन निर्माणका लागि शान्ति मन्त्रालय, अर्थ मन्त्रालयलगायतको सहयोग भइरहेको उनले बताए । संघका अध्यक्ष झलक श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा धरान ४ का वडाध्यक्ष मानबहादुर राईलगायत भूतपूर्व सैनिक, कर्मचारी, प्रहरीलगायतको उपस्थिति रहेको थियो ।