दमक/ पूर्व नेपाल बहुउद्येश्य सहकारी सस्था लिमिटेडको १८ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाले सस्थाका अध्यक्ष शालिकराम पोखरेलले आर्थीक वर्ष २०७३/७४ कोभन्दा आर्थिक वर्ष २०७४/७५ मा ४८ लाख ९ हजार २४ रुँपैया बढि खुद मुनाफा गर्न गरेको छ । आर्थिक वर्ष २०७३/७४ मा १ करोड ६६ लाख ९२ हजार ९ सय ३० रुपैयाँ मुनाफा गरेकोमा आर्थिक वर्ष २०७४/७५ मा २ करोड १५ लाख १ हजार ९ सय ५४ रुपैँया खुद मुनाफा गरेको सस्थाको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा स्थानीय र प्रदेश सरकारले सहकारी सम्बन्धिका निति बनाईनसकेका कारण दुबिधा बढेको वक्ताहरुले जनाएका छन् । सस्थाले झापाको कमल, गौरिगञ्ज, दमक र बिर्तामोडबाट सेवा प्रवाह गरिरहेको छ ।

कार्यक्रममा प्रतिदिन दैनकका सम्पादक राजेन्द्र गौतमलाई सम्मान समेत गरेको छ ।