उर्लाबारी/ उर्लाबारीका अग्नि पीडित व्यवसायीलाई राहत वितरण गर्ने क्रम जारी रहेको छ । शनिबार उर्लाबारी उद्योग बाणिज्य संघले ४ लाख ८० हजार राहत वितरण गरेको छ ।

संघले आगो लागीबाट पूर्ण क्षति भएका व्यवसायी भक्तीराम अधिकारीलाई ३ लाख २० हजार तथा आशिंक क्षति पुगेका अन्जना किरानाका संचालक अशोक कार्कीलाई १ लाख ३० हजार र भोजपुरे भाडा पसलका संचालक गणेश बोहोरालाई ४० हजार सहयोग प्रदान गरेको हो ।

सो संघका अध्यक्ष प्रितम खड्गीको संयोजकत्वमा राहत संकलन समिति गठन गरी बजार क्षेत्रबाट स्वेच्छीक राहत संकलन गरेको थियो ।

संघले वितरण गरेको राहतमा होटल तथा पेय पदार्थ व्यवसायी संघ क्षेत्रिय समिति उर्लाबारी, मोरङ सुनचादी व्यवसायी संघ उर्लाबारी, मैथिली सेवा समाज समितिले संकलन गरेको सहयोग रकम एकिकृत गरी एकमुष्ट पारेर संघ मार्फत नै प्रदान गरेको सो संघले जनाएको छ ।

यसैगरी अधिकारी परिवारलाई नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) उर्लाबारी नगर कमिटीले अधिकारीलाई ७० हजार सहयोग गरेको छ भने अधिकारीको अधिकारीको पसल सँगै रहेको अन्जना किराना पसलका सञ्चालक अशोक कार्कीलाई रु ३४ हजार सहयोग गरेको पार्टीका नगर अध्यक्ष अग्नी भट्टराईले बताएका छन् ।

यसरीनै अधिकारी परिवारलाई उर्लाबारीका सूर्य बचत तथा ऋण सहकारी संस्था लि.ले ७ हजार ५ सय, नारी सृजना बचत तथा ऋण सहकारी संस्था लि., नारी संकल्प बचत तथा ऋण सहकारी संस्था लि. र सिहबाहीनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले  ५ हजारका दरले राहत वितरण गरेका छन् ।

यसैगरी जनजिवीको कृषी सहकारी उर्लाबारी–३ ले ७ हजार ५ सय, ग्रेट बिजनेस मार्कले २० हजार दश, हाम्रो बचत तथा ऋण सहकारी संस्था लि.ले १५ हजार, ईसाई समाज उर्लाबारीले १५ हजार, युथ अफ उर्लाबारीले १० हजार, ग्रामथान गाउँपालीकाले २५ हजार तथा काश्यप गोत्रीय अकिारी वंश प्रतिष्ठान उर्लाबारीले थप ७ हजार एक सय रुपया“ प्राप्त भएको अधिकारीले सार्वजनिक गरेका छन् ।

यस अघि अधिकारी परिवारलाई राजनितीक दल, संघ–संस्था तथा नागरिक समाजबाट ४ लाख ४३ हजार १ सय ८२ रुपैँया र कार्कीलाई ३४ हजार राहत स्वरुप आर्थीक सहयोग वितरण भएको छ ।

डेढ साता अघि भएको आगजनीबाट अधिकारीको घर सहित १ करोड ३० लाख तथा सँगै पसल संचालन गर्दैै आएका कार्कीको पसलको २० लाख र अर्का व्यवसायी बोहोराको पसलमा समेत क्षति भएको पिडीत परिवारले बताएका छन् ।