विराटनगर/ विराटनगर-६ स्थित तेजस्वी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौ वार्षिक साधरण सभा सम्पन्न भएको छ । विराटनगरमा शनिबार कार्यक्रम आयोजना गरि साधरण सभा सम्पन्न भएको हो ।
२ सय ८० सेयर सदस्य रहेको उक्त सहकारीको सेयर पूँजी ६४ लाख १७ हजार पाँच सय रुपैयाँ रहेको छ । सहकारीले आर्थिक वर्षमा १ करोड ९८ लाख ५१ हजार ४ सय ३६ रुपैयाँ ऋण लगानी गरेको छ भने वचततर्फ १ करोड ७२ लाख ७१ हजार २ सय १३ रुपैयाँ संकलन गरेको बताइएको छ ।
साधारणसभामा सहकारीका सल्लाहकार तथा वरिष्ट कानुनविद तथा महानिधिवक्ता चुडामणी आर्चायले सहकारीको नितिमुल्यमान्यताको आधारमा सहकारी अगाडी बढनुपर्नेमा जोड दिए । कार्यक्रममा सहकारीका सल्लाकार, समिति सदस्य