वराहक्षेत्र/ वराहक्षेत्रको बयरवन महिला बचत तथा ऋण सहकारी संस्थाले ४६ लाख रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्दै करिब ८५ लाख ऋण असुली गरेको छ ।

\बिहीबार संस्थाको चौंथो साधारण सभामा प्रगति प्रतिवेदन प्रस्तुत लेखा समिति संयोजक सीता बस्नेतले आर्थिक वर्ष ०७४/७५ मा संस्थाको निक्षेप बचत ४५ लाख २१ हजार ८ सय ७५ रुपैयाँ रहेको र ८४ लाख ९२ हजार ९ सय ५ रुपैयाँ ऋण असुल गरिएको बताइन् ।

बस्नेतले यसैगरी आर्थिक वर्षमा मात्र ४७ लाख ८८ हजार ८ सय ७५ रुपैयाँ गरी कुल १ करोड १ लाख ६३ हजार १ सय ६५ रुपैयाँ ऋणमा लगानी गरिएको बताइन् । ऋण लगानीलाई बढाएर करिब डेढ करोड बनाइने उनले जानकारी दिइन् ।

लेखा परीक्षण प्रतिवेदन पेश गर्दै बचत संस्थाकी अध्यक्ष गीता नेपालले संस्थाको नगद मौज्दात व्यवस्थापक सुनिता मगरसँग २ लाख ५३ हजार ९ सय ३७ रुपैयाँ गरी ३ लाख ८७ हजार ४ सय ७ रुपैयाँ ५ पैसा रहेको बताइन् ।

कार्यक्रममा अतिथि वराहक्षेत्र नपा वडा २ सदस्य सुमित्रा घिमिरे तथा अध्यक्ष गीता नेपालले समूहका विभिन्न १३ जना वृद्ध र एकल १० महिला र उत्कृष्ट समूहकी रणमाया तामाङ गरी २४ जनालाई सम्मान गर्दै रामनामी ओढाएर कदर–पत्र प्रदान गरेका थिए ।

वराहक्षेत्र नगर उपप्रमुख कमला मगर प्रमुख अतिथि रहेको कार्यक्रममा चौडण्डी तथा तीर्थनगरी बचत सहकारी संस्था लगायतको उपस्थिति थियो । गीता नेपालको अध्यक्षतामा स्थानीय चतरास्थित औलिया धर्मशालामा गरिएको कार्यक्रमको सञ्चालन बिनुका गुरागाईंले गरेकी थिइन् ।