दमक/झापाको बुद्धशान्ति गाउँपालीका–२ जयपुरकी २८ वर्षिय पुष्पा पोर्तेलले २०६६ सालमा निश्चल पोर्तेलसँग प्रेम बिबाह गरिन । उनीहरूबीच दुई सन्तान पनि भयो ।

तर, ४ वर्ष नबित्दै पुष्पाको अनुहारमा खुसी रहेन । २०७० सालमा श्रीमानले झापा अर्जुनधारा–९ की सञ्जु लाम्गादेसँग विेह गरेपछि उनको जीवनमा पीडा थपिदै गयो ।

त्यसपछि दम्पत्तिबीच खटपट शुरू भयो अनि तत्कालीन गाउँ समाजले पुष्पालाई श्रीमानबाट अंश बापत ३ कट्ठा जमिन, छोरा छोरीको अध्यायन खर्च र दुःख बिराम पर्दा सहयोग गर्ने कागजी निर्णय गर्यो । पुष्पा आफैले बनिबुतो गरेर छोराछोरी पढाउँदै घरखर्च चलाउँदै थिइन् ।

तर गत पुषदेखि अचानक शरीरको कम्मरदेखि तलको भाग नचल्ने रोग लाग्यो । माइतीको पहलमा भारतको सिलीगुडीको एक अस्पतालमा उपचार पछि केही सुधार आयो । तर पूर्ण ठिक भइनन् । अहिले माइतीको संरक्षणमा रहेर ओछ्यानमै थलिएर बसेकी छन् ।

यो अवस्था हुँदासमेत श्रीमानले उपचार गर्नु त परको कुरा भेट्नसमेत नआएको पुष्पाको गुनासो छ ।

पुष्पाका श्रीमान निश्चल पोर्तेल हाल बिर्तामोडमा कान्छी श्रीमतीको साथमा मनिका खाजा घर संचालन गरिरहेका छन् । तर पनि आफ्ना छोरा छोरी र श्रीमतिलाई रेखदेख नगरेको माइती पक्षको आरोप छ ।

गाउँ समाज र गाउपालीकाको न्यायीक समीतीले गरेको निर्णय पनि निश्चल पोर्तेलले कार्यनयन गरेका छैनन । आफ्नो छोरी माथी दुर्बयबाहर र भविश्य नै अन्धकार हुने गरि स्वास्थयमा खेलबाड गरेकोले छोरी ले उचित स्वास्थ्य उपचार पाउनु पर्ने पुष्पाको बुबा हरिकुमार गाहतराले बताए ।

पुष्पा पोर्तेल माथी भएको घरेलु हिंसाको बिषयलाई लिएर गाउँसमाजले अंश बापत ३ कट्ठा जग्गा छोरा छोरी लाई पालन पोषण शिक्षा ,र पविारका सदस्य कोही दुखबिरम हुदा स्वास्थ्य उपचार गर्ने भन्ने उल्लेख गरिएको छिमेकी काजी श्रेष्ठले बताए ।

पुष्पा पोर्तेलको बिषयलाई माइती पक्षले गत जेष्ठमा नै गाउँपालीको न्यायीक समितिमा निवेदन दिएको थियो । न्ययीक समितिले गरेको पैसालाको कार्यान्वयन नभएको माइती पक्षको भनाई छ । यस विषयमा पीडक निश्चल पोर्तेललाई चाडै कानुनी कारबाही गर्ने गाउँपालीको उपाध्यक्ष मिरा भुर्तेलले बताईन् ।

माइती पक्षको पनि आर्थिक अवस्था कमजोर रहेको छ । पुष्पाको कम्मर देखि तलको भाग चल्दैन चिकित्कसको भनाई अनुसार उपचारका लागि लाखौ रुँपैया खर्च लाग्ने भएको छ । आमा नैनाकला गहतराजले ‘माईतीको पनि स्थाई आयआर्जनको श्रोत छैन , छोरी त उपचारनै नपाई मर्छे कि क्या हो’ दुखेसो पोख्नु हुन्छ ।

अहिले छोरीको दिशा पिसाब कुर्सीमा प्वाल परेर गराउने गरेको आमा नैनाकलाको भनाई छ । ह्वील चियर पनि नभएकोले एक ठाउबाट अर्को स्थानमा जान पनि धेरै समस्या हुने गरेको छ ।