धरान / वराहक्षेत्र नगरपालिकाका थारू कल्याणकारिणी नगर सभाका सभापति विजय मार्थी चौधरीको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ । उनी वराहक्षेत्र–५ निवासी हुन् ।

चौधरीको रामधुनी नगरपालिकास्थित जनता मावि सिंगियामा कोचिङ पढाउन जाने क्रममा आफैले चलाएको मोटरसाइलक अनियन्त्रित भई दुर्घटना हुँदा ज्यान गएको हो । स्थानीय दयाराम चौधरीका अनुसार बिहान ६ः३० बजेको समयमा उनी दुर्घटनामा परेका थिए । उनको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए ।

शव पोष्टमार्टमका लागि सुनसरी इनरुवास्थित इनरुवा अस्पतालमा लगिएको छ । पोष्टमार्टमका क्रममा उच्च रक्तचापका कारण मोटरसाइकल दुर्घटना हुन पुगेको रिपोर्ट आएको दयारामले जानकारी दिए । मोटरसाइकल नम्बर भने खुलेको छैन । शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाएको छ ।