भद्रपुर । झापाको पूर्वीनाका काँकडभिट्टाबाट एक थान चाइनिज पेस्तोल,बम बनाउने सामग्री , लागूऔषध र विभिन्न कागजातसहित दुइ जनालाइ प्रहरीले पक्राउ गरेको छ । एकहप्ता अघि भारतीय कारबाट प्रहरीले ठूलोमात्रामा लागूऔषध फेला पारेपछि भारतीय नम्बर प्लेटका गाडीमाथी प्रहरीले निगरानी बढाएको केही दिनपछि मङ्गलबार साँझ प्रहरीले अर्को सफलता हात पारेको हो । सोमबार साँझ मेचीनगर–६ मा शङ्कास्पद रुपमा भारतीय नम्बर उल्लेख भएको डब्लू बी १७४२७००१ को बोलेरो गाडी चेक जाँच गर्दा विभिन्न प्रकारका लागू औषधसहित गाडी चालक मेचिनगर नगरपालिका वडा नम्बर ६ का ३८ वर्षिय बिसाल लिम्बु र सोही नगरपालिका– ८ का ३२ वष्र्षिय अनुप उराउलाई पक्राउ गरीएको जिल्लाका डिएसपी तथा प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जनाए । घटनापछि चालक लिम्बूको मेचीनगर–६ मा रहेको घर खानतलासी गर्ने क्रममा पक्की घरको तिनतला माथी रहेको ३ वटा कोठाबाट अबैध गैह्रकानूनी चिजबस्तुहरु फेला परेको डिएसपी बस्नेतले जनाए । लिम्बूको घरबाट विभिन्न प्रकारका लागूऔषध, ९ थान बिष्फोषटक पदार्थको लोला , बिष्फोषटक पदार्थ पड्काउने फ्युज केप तार सहित डिटोनेटर ४० थान, नक्कली पिस्तोल १ थान, सानो पिस्तोलमा फिट हुने फलामको म्याग्जिन सक्कली १थान , बारुद ४सय४० ग्राम, मोवायल सेट २ थान, करलेश फोन १ थान , नक्कनली सुन जस्तो देखिने औठी १ थान,नक्कनली सुन जस्तो देखिने घडीको चेन १थान ,आर्मी कलरको कम्ब्याट २थान ,संघिय लिम्बुवान राज्य परिषद लेखिएको सम्मान पत्र, प्रशिक्षण कदर पत्र, सोहि परिषदको आर्थिक सहयोग सम्बन्धमा लेखीएको पत्र, बिभिन्न प्रकारका स्ट्याम्प छाप, प्याड, पंचिङ्ग मेसिन समेतका कागजातहरु फेला परेको थियो । त्यसैगरी बाला सुब्बा, सिताराम आङ्देम्बे नामबाट बनाएको नागरिकता थान २, दल बहादुर थापा, बाला सुब्बा र बुद्धमान लिम्बुको सवारी चालक अनुमति पत्र १ थान सुटकेसमा राखिएको अवस्थामा फेला परेको जिल्लाका एसपी भीमप्रसाद ढकालले वताए । उनिहरुलाइ अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भईरहेकोमा एसपी ढकालले जनाए । पक्राउ परेकालाइ लागूऔषध, बम बिष्फोटक पदार्थ र हातहतियार तथा खरखजना मुद्धामा अनुसन्धान हुने उनले जनाए । लागूऔषधमा १५ बर्ष देखि जन्म कैद, ५ लाख देखि २५ लाख सम्म जरिवाना हने उनको भनाइ छ । बिष्फोषटक पदार्थ मुद्धामा १० बर्ष सम्म कैद र हातहतियारमा ३ बर्ष सम्म कैद हुने व्यवस्था रहेको उनले बताए ।