विराटनगर । मोरङ व्यापार संघको आयोजनामा विराटनगरमा ‘विराट टे«ड एक्स्पो २०७५’ हुने भएको छ ।
संघले विराटनगरमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरि आउँदो पौष ६ देखि १४ गतेसम्म एक्स्पो हुने भएको हो ।
एक्स्पोमा विदेशको समेत स्टलहरू रहने भएको छ । भारत, श्रीलंका र स्वेदशको गरि २ सय ७५ वटा स्टल रहने मेला संयोजक अनुपम राठीले जानकारी दिए । प्रत्येक वर्ष संचालन हुँदैे आएको एक्स्पोमा नेपाली तथा छिमेकी राष्ट्रहरूको लगानिकर्ता र उत्पादक, वितरक र निर्यातलाइ एकै ठाउँमा राखि प्रत्यक्ष रुपमा अवलोकन गराउने उद्देश्यले एक्स्पो गरिएको हो । ‘अन्तरािष्ट्रय स्तरमा आयोजना हुने यस्तो महोत्सव तथा प्रर्दशनले उपभोक्ता बीच प्रत्यक्ष सम्बन्ध राख्दछ,’ मोरङ व्यापार संघको अध्यक्ष पवनकुमार सारडाले भने, ‘यस्तो प्रर्दशनले आर्थिक गतिवधिलाई चलायनमा ठूलो मद्दत पुग्ने गर्दछ ।’ ९ दिनसम्म संचालन हुने एक्स्पोलाई चार भागमा विभाजन गरिएको कार्यक्रम संयोजक राठीले बताए । उनका अनुसार एक्स्पोमा अटोमोइवाइल्स, बैंक तथा वित्तीय संस्था, मोवाइल इलेक्ट्रोनिक्स तथा आइटी, निमार्ण समाग्री, अन्तराष्ट्रिय औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन सम्बन्धी, दैनिक उपभोग्य बस्तुहरूको स्टल रहनेछ । त्यस्तै दैनिक मनोरञ्जन आत्मक कार्यक्रमसमेत हुनेछ ।
एक्स्पोमा २० देखी २५ करोडको कारोबार हुने आयोजक समितिले अपेक्षा राखेको छ । करिब १ करोड २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । एक्स्पोलाई भव्य र व्यवस्थीति रुपमा संचालन गर्नको लागि विभिन्न १२ वटा उपसमिति समेत गठन गरेको बताइएको छ ।