
मधुमल्ला/ मोरङको मिक्लाजङ गाउँपालिकामा लागु औषध प्रयोग कर्ताको संख्या दिनानु दिन बढ्दै गएकाेले यसलाई निन्त्रण गर्न आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन्।
मंगलबार मधुमल्लामा नजिकिदै गरेका हिन्दुहरूकाे महान पर्व विजया दशमी, शुभदिपावली र छैठ पर्वलाई लक्षित गरेर शान्ति सुरक्षा र विविध विषयमा भएको छलफल तथा अन्तरकृया कार्यक्रम सरोकारवालाहरुले सो कुरा बताएका हुन ।
मंगलबार इलाका प्रहरी कार्यालय मधुमल्लाको आयोजननामा नजिकिदै गरेका चाड पर्व साथै अन्य समयमा हुन सक्ने सम्भावित दुद्र्धटनाका बारेमा छलफल भएको थियो ।
कार्यक्रममा सरोकार वालाहरुलेले मिक्लाजुङमा बढी मात्रामा कीशोर किशोरीहरु लगुऔषध दुर्व्यसनको सिकार बन्दै गएकोमा सरोकारवालहरुले चिन्ता व्यक्त गरेका छन् ।
साथै दुर्व्यसनलाई न्युनीकरण गर्दै के कसरी अगाडी बढने भन्ने बारेमा छलफल भएको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष शुशिलराज चौहानले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले चाडवाडको बहाना बनाई गलत कार्य गर्ने छुट कसैलाई नभएकाले सदभाव पुर्ण रुपमा चाडवाड मनाउनु पर्ने बताए ।
कार्यक्रमका सभापती तथा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरिक्षक राम प्रसाद तिमल्सीनाले प्रहरी जनताको सेवक भएकाले जनताका हरेक सुख दुखमा प्रहरी साथमा रहने र स्थनियले समेत प्रहरीलाई सहयोग गर्नु पर्ने बताए ।
मिक्लाजुङ क्षेत्रमा भएका अपराधिक र लागु औषध प्रयोगकर्ता अन्य विविध प्रकारका समस्याहरुलाई आफुले तत्काल निस्तेज गर्दै अनुभुती हुनेगरी परिवर्तन गर्ने तिम्सीनाले बताए ।
कार्यक्रमा मिक्लाजुङ गाउँपालिकामा रहेका राजनैतिक दल, वडाध्यक्षहरु, संघसंस्था प्रतिनिधी, बुद्धीजिवी, व्यापारी र कर्मचारीहरुको सहभागीता रहेको थियो ।