धरान/ मोडल आङ्साङ लिम्बूले आफ्नो २२ औं जन्मदिन धनकुटाको मूलघाटस्थित विश्रान्ती मन्दिरका वृद्धवृद्धासँग मनाएकी छन् ।
लिम्बूले मन्दिरमा आश्रित करिब ५३ जना वृद्धवृद्धालाई भोजन गराउँदै जन्मदिन मनाएकी हुन् ।
यसअघि पनि उनले आफ्नो जन्मदिन यसरी नै मनाउँदै आएको लिम्बूकी आमा गायिका हर्षु राईले बताइन् ।
गायिका राईले छोरीलाई टीका लगाइदिँदै जन्मदिनको खुसी साटेकी थिइन् ।
आङ्साङ हाल दन्त चिकित्सामा स्नातक गरिरहेकी छन् । उनले अध्ययन पूरा भएपश्चात् वृद्धवृद्धाको सेवामा समर्पित हुने बताइन् ।
आङ्साङले मिस लिम्बूमासमेत प्रतिस्पर्धा गरेकी थिइन् ।
जन्मदिनका अवसरमा उनले वृद्धवृद्धासँग रमाइलो गरेकी थिइन् ।
आश्रममा करिब ६० वर्षदेखि माथि १ सय ४ वर्षसम्मका वृद्धवृद्धा बस्ने गरेका छन् ।
स्वर्गीय रामनारायण श्रेष्ठको नेतृत्वमा मलामी बस्ने घर निर्माण भएपछि सोही मलामी घर नै आश्रममा परिणत भएको हो ।