रङ्गेली / प्रदेश १ का मुख्यमन्त्रि शेरधन राईले संघ, प्रदेश र स्थानीय तहविच समन्वय हुन नसकेको बताएका छन् । बुधबार विराटनगरमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आयोजना गरेको प्रदेश समन्वय परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारको अधिकार अनुसार संरचना संघीय सरकारबाट अझै पाउन नसकेको गुनासो समेत गरेका थिए । उनले संघीय सरकारबाट जती संरचना प्राप्त भएको छ त्यसैलाई प्रयोग गरेर बजेट कार्यान्वयन गर्नु पर्ने बाध्यता रहेको उनले बताए । प्रदेश सरकारसँग प्रयाप्त बजेट भए पनि कार्यान्वन गर्न संघीय सरकारको अधिकार प्रत्यायोजन नगरेकाले समस्या भएको उनको भनाई थियो । संघीय सरकारको कारण नै स्थानीय सरकार पनि समस्यामा परेको उनले बताए ।  उनले स्थानिय तह र प्रदेशको विचमा भएका समस्या समाधानको लागि प्रदेश समन्वय समिति बनेको उनको भनाई थियो । परिषदको बैठकले दुबै तहको विचमा समन्वय कायम हुने उनले बताए । कार्यक्रममा सभामुख प्रदीपकुमार भण्डारीले नयाँ संरचना अनुसार बनेको स्थानीय तह र प्रदेश सरकारबीच तालमेल हुनुपर्ने बताए । प्रदेश नं १ अन्तर्गत १४ जिल्लाका १ सय ३७ स्थानीय तहका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका संयोजक एवं सहसंयोजक सहभागी रहेको कार्यक्रममा प्रदेश समन्वय परिषद्को बैठक सम्बन्धी कार्यविधि, २०७५ को मस्यौदा, परिषद्को अधिकार क्षेत्रको विषय र आवश्यक देखिएका अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।