बराहक्षेत्र । वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६,चक्रघट्टी ठाकुरवाडी घर बस्ने राम वहादुर माझीको अन्दाजी २२ वर्षको छोरा सुरेन्द्र माझीको हत्या गरि लाश कोशीमा फालिएको अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यलय महेन्द्रनगर चक्रघट्टीले बतँएको छ ।

नगरपालिकाको वडा नम्बर ६ को ३ नम्बर स्परमा आईतवार विहान ९ वजे गोठालाहरुले लाश देखेपछि दिएको सुचनाको आधारमा घटना स्थलमा गएको प्रहरीले मध्यान्ह २ वजे, सप्तकोशी नदीको अन्दाजी १५÷१६ मीटर भित्र पानीमा लाश भेटिएको प्रहरीले बतँएको छ ।

घटनाको प्रारम्भिक अनुसन्धानमा लाशको छाती,मुटु,टाउको, कोखा र पेटमा १७÷१८ स्थानमा भालाले थोपिएको गहिरो घाउ भेटिएको प्रहरीले बतँएको छ ।

लाश पोस्टमार्टमको लागि धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको तथा आईतवार नै हत्याको सम्बन्धमा सोधपुछको लागि चक्रघट्टीका एक स्थानिय लँई नियन्त्रणमा लिईएका महेन्द्रनगर प्रहरीले बतँएको छ ।