पाँचथर । ब्लाष्ट टाइम्स दैनिकका पाँचथर संवाददाता पत्रकार सन्देश सुब्बा सम्मानित भएका छन् । फिदिमबाट प्रकाशित पव्लिक टाइम्स साप्ताहिकको छैठौं वार्षिक उत्सवको अवशरमा आइतबार पत्रकार सुब्बालाई सम्मान गरिएको हो ।
सो पत्रिकामा बिगतमा सह–सम्पादक रहेर काम गरेका सुब्बालाई छैंठौ बार्षिक उत्सवको अवशरमा सम्मान गरिएको पत्रिकाका प्रकाशक गणेश साम्पाङले बताए । उनलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले सम्मान–पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
सो अवशरमा पत्रिकाले शुभकामना आदान–प्रदान सँगै विज्ञापनदाता र उत्कृष्ठ रिपोर्टरलाई समेत सम्मान गरेको थियो । ग्रामीण पत्रकारितलाई महत्व दिंदै आएको पव्लिक टाइम्स साप्ताहिक प्रेस काउन्सिल नेपालले स्थानीय ‘ख’ वर्गमा वर्गीकरण गरेको जिल्लाको एक मात्र अखबार हो ।