इलाम । मृगौला पिडितको उपचारार्थ सहयोगका लागि भरोसा नेपालको संयोजकत्व र अनेरास्ववियू को सहयोगमा युवाहरु आर्थिक सहयोग अभियानमा जुटेका छन् । इलाम जिल्ला इलाम नगरपालिका वार्ड नम्बर तनि स्थायी ठेगाना भएकी २१ वर्षीय दुर्गा राई विगत एक वर्षदेखी दुवै मृगौला खराव भई लामो समययता निदान अस्पताल काठमाडौँ उपचार भइरहे तापनि आर्थिक अभावका कारण उपचारमा कठिनाई भइरहेको परिवारले जनाएको छ । विगत केही वर्ष अगाडी बोनम्याारोको समस्या हुदैँ दुबै मृगौला खराव भएपछि बिरामीको उपचारमा समस्या आएको हो । नेपालका विभिन्न अस्पताल हुदैँ हाल उनलाई काडमाडौँको निदान अस्पतालमा उपचार गर्दै आएको र निज सामान्य परिवारमा जन्मिएकाले आर्थिक अवस्था नभए तापनि १२ लाख सकिसक्दा समेत विरामीको अवस्था जटिल रहेको परिवारको भनाई छ । नेपाल सरकारबाट समेत पिडितले पाउनुपर्ने सहयोग समेत नपाएको र सामान्य बाहेक कुनै सेवा नपाएकाले राईको उपचारमा थप कठिनाई भएको छ । विदेशमा रहेका दिदी,भाई बहिनी,परिवारले समेत उनकै उपचारमा खर्च गर्दै आएको तर दुबै मृगौला फेर्न २२ लाखभन्दा बढ्री रकम आवश्यकता हुने भएकाले यस अभियानले उपचारमा केही राहत हुने अनेरास्ववियू इलामका कार्यवाहक अध्यक्ष प्रवेश पराजुलीले बताए । बिरामीको अभियानका लागि पहिलो दिन २३ हजार भन्दा बढी रकम उठेको र यस अभियानबाट एक लाखसम्म सहयोग उठ्ने लक्ष्य रहेको उनको भनाई छ ।