बिर्तामोड । नेपाल दशनामी जिल्ला महिला समिति झापाले हिन्दू नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर तीज मिलन कार्यक्रम तथा दोस्रो जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।
महिला समितिले काँकडभिट्टामा शनिवार तीज मिलन कार्यक्रमको आयोजना गरी दशनामी समाजका चेलीवेटीलाई सामूहिक दर खुवाउनुको साथै ५ जना आमाहरुलाई दोसल्ला ओडाई सम्मान समेत गरेको थियो ।
महिला समाज झापाकी अध्यक्ष पार्वता गिरीको अध्यक्षतामा सम्पन्न तीज मिलन तथा अधिवेशनको प्रमुख अतिथि नेपाल दशनामी समाजका पुर्व उपाध्यक्ष तथा सल्लाहकार केदार प्रसाद गिरी रहेका थिए ।
अधिवेशनले नयाँ नेतृत्व समेत चयन गरेको छ । समितिको अध्यक्षमा पुःन पार्वता गिरीलाई नै चयन गरेको छ । उपाध्यक्षमा, शारदा गिरी, सत्यरुपा वन, सचिवमा जानुका गिरी, सहसचिबमा अनिता पुरी, कोषाध्यक्षमा देवीका गिरी चयन भएका छन् । त्यस्तै सदस्यमा रेश्मा गिरी, सपना गिरी, रिता गिरी, अम्बिका पुरी, सुशिला गिरी, मातृका भारती, उमादेवी पुरी, दिपिका वन, चित्रकला गिरी र तारा भारती चयन भएका छन् ।
कार्यक्रममा विशिष्ठ अतिथि मेची नगरपालिका प्रमुख विमल आचार्य, बिशेष अतिथि नेपाल दशनामी समाज जिल्ला कार्यसमिती अध्यक्ष खिल बहादुर गिरी, केन्द्रीय सदस्य डम्बर वन, शसत्र प्रहरीका डिएसपी दिपेन्द्र गिरी लगायत रहेका थिए । स्वागत जानुका गिरीले गरेका कार्यक्रममा ध्रुव गिरी, जिवनाथ गिरी, एलबहादुर गिरी, चन्द्र गिरी, खिल बहादुर गिरी, डम्मर वन, विमल आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन शिवकुमार गिरी र सत्य रुपा वनले संयुक्त रुपमा गरेका थिए ।