धरान । धरान–१८ स्थित होटल कान्तिपुरमा मृत फेला परेकी युवतीसँगै रहेका युवक पक्राउ परेपछि उनीहरू प्रेमीप्रेमीका भएकाे खुलेकाे छ । उनीहरू विगत ४ हप्ता भन्दा बढी समयदेखि साे हाेटलमा बस्दै अाएकाे र उनीहरू प्रेमीप्रेमीका भएकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ । धरान–१ का रोनिश श्रेष्ठ र धरान–१ धरान–१८ कि रिता रार्इ यस अघि पनि साे हाेटलमा अाएर बस्ने गरेका थिए । युवतीकाे मृत्यु भएपछि हाेटल साहुलार्इ पैसा निकालेर अाउछु भन्दै युवक फरार भएका थिए । उनलार्इ रातित नै प्रहरीले ट्रक चढेर भाग्दै गरेकाे अवस्थामा तिनकुनेबाट नियन्त्रणमा लिएकाे थियाे । उनीसँगै रहेका अर्का युवालाई समेत प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले बताए । मृत्युको कारण भने शव पोष्टमार्टम रिपोर्ट र विज्ञको अनुसन्धानपछि मात्र पत्ता लाग्ने डिएसपी तिम्सिनाले जनाएका छन् । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शव राखिएको छ भने मृत्युको कारणबारे अनुसन्धान भइहरेको प्रहरीले बताएको छ ।

धरानको होटलमा मृत फेला परेकी युवतीसँगै रहेका युवक पक्राउ

धरानको होटल कान्तिपुरमा एक युवती मृत फेला