[caption id="attachment_33154" align="alignnone" width="1025"] फायलफाेटाे[/caption]

बिर्तामोड/ यातायात क्षेत्र संगठन खारेजपछि मजदुर र कर्मचारीको रोजीरोटीको व्यवस्था सरकारले गर्नुपर्ने प्रदेश नम्बर १ का सांसद श्रीप्रसाद मैनालीले बताएका छन् । उनले यसको लागि सरकारले नयाँ नीति निर्माण गर्न आवश्यक रहेका बताउदै यातायात व्यवसायी समेत रहेका सांसद मैनालीले प्रदेश सरकारमा यो बिषयमा जानकारी समेत गरेको बताएका छन् । यातायात क्षेत्रको बिद्यमान अन्यौलता र चुनौतीको समाधान गर्ने उदेश्यले युनाइटेड नेपाल टूान्सपोर्ट भलाई एण्ड इन्भेष्टमेन्ट प्रालीले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

यातायात व्यवसायी, मजदुर र सरोकारवाला संघ-संस्था, व्यक्तिहरु, नागरिक समाज लगायतका विच आइतबार झापाको बिर्तामोडमा अन्र्तक्रिया गरिएको हो । अन्र्तक्रियामा ७ वटा आधारभूत बिषयहरुमा छलफल भएको थियो  । अन्तक्रियाको आवश्यकतालाई देशव्यापी गर्दै लाने उदेश्यका साथ गत असार २७ गते काठमाडौंस्थित गोगंबु नयाँ बसपार्कबाट कार्यक्रमको शुरुवात गरिएको कार्यक्रममा जानकारी दिइएको छ  ।  यातायात क्षेत्रमा भएको लगानीको संरक्षण गर्दै स्वरोजगार स्तरबृद्धिको आधार निर्माण गर्ने, यस क्षेत्रमा कार्यरत मजदुर, कर्मचारीहरुको आत्मनिर्भरतासहितको स्थायित्वको आधार निर्माण गर्ने, सार्वजनिक सवारी सञ्चालनमा भविश्यमा हुन सक्ने फरक स्वरुपको एकाधिकार ल्याउन सक्ने, राष्टिूय चुनौतीहरुको अन्त्यको आधार निर्माण गर्ने, वार्षिक रुपमा विस्थापित अर्बौ राष्टिूय पुँजीको संरक्षण गर्दै राष्टिूय समृद्धिमा यस क्षेत्रबाट अधिक राजश्व संकलनको आधार निर्माण गर्ने बिषयमा अन्र्तक्रिया भएको थियो ।

साथै दुर्घटना न्युनीकरण, दुर्घटना व्यवस्थापन तथा दुर्घटनाबाट प्रत्यक्ष प्रभावित अनाथ बालबालिका, बृद्धबृद्धा र अपाङ्गहरुको पालनपोषण, शिक्षादिक्षाको उचित व्यवस्थापनको आधार निर्माण गर्ने, जनजिविकाको लागि सामाजिक सुरक्षा ऐनलाई कार्यन्वयन तर्फ प्रभावकारिताको आधार निर्माण गर्ने, यातायात कार्यविधि निर्देशिका २०७४ अन्र्तगत सवारी पंजीकरणको व्यवस्थापनसँगै प्रभावकारिताको आधार निर्माण गर्ने लगायतको बिषयमा छलफल भएको थियो ।  इन्भेष्टमेन्टका अध्यक्ष राजेन्द्रप्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रदेश नम्बर १ का सांसद श्रीप्रसाद मैनाली रहेका थिए । कार्यक्रममा अध्यक्ष तिवारीले संस्थाको कार्यपत्र प्रस्तुत गरेका थिए । संस्थाले सवारी दुर्घटनाबाट मृत्यु भएका आफन्तलाई तत्काल राहत रकम उपलब्ध गराउने, घाइतेलाई विस्वासिलो र अनुभवी डाक्टरबाट औषधिपचार गराउने, दुर्घटनाबाट क्षति भएको सवारीको असिमिति दायित्व वहन गर्ने, सवारी दुर्घटना सम्बन्धि सवै प्रकारका कानूनी परामर्श दिने, सवारी साधनको दर्ता तथा पञ्जीकरण गराउन प्रवन्ध मिलाउनेलगायतको कार्य गर्ने गरेको प्रदेश नम्बर १ का बजार व्यवस्थान संयोजक सुमन सिटौलाले बताए ।

कार्यक्रममा विशेष अतिथि बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटी र अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना रहेका थिए । कार्यक्रममा यातायात ब्यवस्था कार्यालय मेचीका निमित्त प्रमुख टंकबहादुर कार्की, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेकपाका नेता ज्योतीसिंह दर्लामी, अखिल नेपाल चिया मजदुर संघ प्रदेश नम्बर १ का इन्चार्ज भूपाल सापकोटा, नागरिक समाज झापाका अध्यक्ष कुवेर श्रेष्ठलगायतको सहभागिता थियो । स्वागत संस्थाका मेची संयोजक बिष्णु सिटौलाले गरेको कार्यक्रमलाई केवल राईले सञ्चालन गरेका थिए ।