साग्रिला डेभलोपमेन्ट बैङकले आफ्नो शाखा बिस्तार गर्ने क्रममा विराटनगरमा शुक्रबार देखि संचालनमा ल्याएको छ । बैङकले बुढिगंगा गाउपालीका–२ टंकीसिनुवारीमा आफ्नो ४४ औ शाख संचालनमा ल्याएको हो । शुक्रबार बैङकले एक कार्यक्रमको आयोजना गरी शाखाको उत्दघाटन गरेको थियो । शाखाको उदघाटन नेपाल राष्ट्र बैङका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी र बैङका अध्यक्ष प्रा.डा. रविन्द्रप्रसाद श्रेष्ठले संयुक्त रुपमा उदघाटन गरेका थिए । बैङकले डिप्राइभ सेक्टर कर्जा र व्यक्तिगत कर्जा उपलब्ध गराउने शाखाका प्रबन्धक शेषराज तिमल्सीनाले जानकारी दिए । साथै बैङकको देश भर ९० वटा शाखा पुर्याउने लक्ष्य रहेको तिमल्सीनाले बताए । त्यस्तै प्रदेश १ मा इलामको फिकल, धरान, धनकुटा, मोरङको शनिश्चरेमा शाखा संचालनको अन्तिम तयारीमा रहेको उनले जानकारी दिए ।