रङ्गेली । राष्ट्रिय अपाङ्ग महासङ्घले अपाङ्गता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिताको सुनिश्चितताको लागि प्रदेश सरकारको ध्यानाकर्षण गर्ने उद्देश्यले जनवकालतको कार्यक्रम गर्ने भएको छ । नेपालको संविधान २०७२, अपाङ्ता भएका व्यक्तिको अधिकार सम्बन्धी अन्तराष्ट्रिय महासन्धी, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, समावेशी शिक्षा नीती, अपााङ्ता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका लगायत तथा प्रदेश सरकारले निर्माण गरेका ऐन, नियम, नीतिलगायतको अपाङ्ता सवालमा समावेश गराउन दबाव दिने उद्देश्यले कार्यक्रम गर्न लागिएको सङ्घका प्रदेश १ अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिए । पहिलो दिनको कार्यक्रमअन्तर्गत भएको पत्रकार सम्मेलनमा अपाङ्गता सम्बन्धी विभिन्न सङ्घस्थाका पदाधिकारीको सहभागिता रहेको थियो ।
































