इनरुवा । काेशी ब्यारेजमा पानीकाे बहाव २ लाख १५ हजार ९ सय ७० क्यसेक प्रतिसेकेण्ड पुगेपिछ २९ वटा ढाेका खुल्ला गिरएकाे हाे छ ।
शनिबार रातीदेखि केशी ब्यारेजको २९ वटा ढोका खुल्ला गरि र ब्यारेजमा खतराको संकेतस्वरुप रातो बत्ती बालिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिए ।
पानीको बहाव एक लाख ५० हजार क्युसेक प्रतिसेकेण्डभन्दा माथि पानीको बहाव भएपछि ब्यारेजमा खतराको बत्ती बाल्ने गरिन्छ तर अहिले नै खतरा भनेर अत्तालिने अवस्था भने नरहेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताएका छन् । ब्यारेज भएर पानी बग्ने क्षमता पाँच लाख क्युसेक प्रतिसेकेण्ड भएकाले त्यसकाे अाधा मात्रै पानीको बहाव हुँदैमा आत्तिनुपर्ने अवस्था नरहेको भन्दै ब्यारेजको ढोका खोल्नका लागि कन्ट्रोल रुमलाई निर्देशन दिइएको समेत उप्रेतीले बताए ।
































