जिरोपोइन्ट । पूर्वाञ्चल वागिना कला कैन्द्र धरान सुनसरीले आयोजनामा पुर्वाञ्चल सिङ्गीङ स्टार सिजन ६ हुने भएको छ । “युवा प्रतिभा गायन, खोजि हाम्रो अभियान” भन्ने मुल नाराका साथ यस वर्ष पनि भादौ महिनाको अन्तिम साताबाट पुर्वाञ्चल सिङ्गीङ स्टार सिजन ६ का लागी सोलुखुम्बुबाट पहिलो अडिसन सुरू हुने आज पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । सय वर्षको विजेताले पचास हजार नगद सहित दुई वटा गीत रेकर्ड गर्न र एउटा म्युजिक भिडियो, एक वर्ष निःशुल्क म्युजिक कोर्ष साथमा एउटा गिटार पाउनेछ । दोस्रो हुनेले २५ हजार नगद पुरस्कार सहित एउटा गीत रेकर्ड गर्न, ६ महिना निःशुल्क म्युजिक कोर्ष साथमा एउटा गिटार पाउनेछ । तेस्रो हुनेले १५ हजार नगद पुरस्कार सहित एउटा गीत रेकर्ड गर्न, ३ महिना निःशुल्क म्युजिक कोर्ष साथमा एउटा गिटार पाउनेछ ।त्यसैगरी वेस्ट भोकल, वेस्ट डिसिप्लिन, वेस्ट परफमेन्स र वेस्ट पब्लिक च्वइज अवार्ड पनि प्रदान गरीने छ । यसका साथै पूर्वाञ्चल वागिना कला कैन्द्रको नयाँ आयोजना स्वरूप वर्षबाटदेश संघियतामा गए संगै प्रदेश नम्बर एक भरी रहेका १५ वर्षदेखि २७ वर्षसम्मका अविवाहित युवतिहरूका मध्यनजर गरेर मिस स्टेट १ पनि हुने भएको छ । राष्टूको भाषा, कला, संस्कृति, पर्यटन, अर्थतन्त्र, राजनीति, आर्थीक, सामाजिक क्षेत्रको बारेमा सुसुचित गराउँदै कलाको माध्यमद्वारा समुन्नत राष्टू निर्माणमा टेवा पुर्याउने उद्देश्यले मिस स्टेट १ को आयोजान गरीएको पूर्वाञ्चल वागिना कला कैन्द्रका अध्यक्ष भक्तिराज राईले बताएका छन् ।मिस स्टेट १ को अडिसन पनि भदौबाट नै सुरु हुने भएको छ । मिस स्टेट १ को विजेताले एउटा स्कुटि, ताज र अवार्ड पाउनेछ । फस्ट रनरअपले ५० हजार नगद सहित ताज र अवार्ड पाउनेछ भने सेकेन्ड रनरअपले २५ हजार नगद सहित ताज र अवार्ड पाउनेछ । यसका साथै मिस ट्यालेन्ट, मिस पब्लिक च्वइज, मिस डिसिप्लिन, मिस पर्सन्यालिटि, मिस पङ्चुवल, मिस बेस्ट स्माइल, मिस बेस्ट फिगर, मिस बेस्ट क्याटवक, मिस चार्मिङ, मिस ब्युटिफुल हेयर, मिस एसएम्एस भोटिङ, मिस फोटोजेनिक, मिस एक्टिभको अवार्ड प्रदान गरीनेछ ।