पानवारी (ब्लाष्ट) । विश्वकै पुरानो मोटरसाइकल उत्पादनक कम्पनी भनेर दाबी गरिरहेको एमभि गु्रपले उत्पादन गरेको रोयल इन्फिल्ड मोटरसाइकलको शोरुम धरान र इटहरीमा एकसाथ खुलेको छ ।
शनिबार धरान–८ स्थित बरगाछीमा शोरुम उद्घाटन कार्यक्रम आयोजना गरेर बाइकको शोरुम खुलेको जानकारी दिइएको थियो । रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागी आधिकारीक विक्रेता रहेको विवेक अटोमोबाइल्स प्रालिका सेल्स हेड मेघराज पौडेलका अनुसार अहिलेको युवा पुस्तामाझ बुलेट नामबाट लोकप्रिय रहेको रोयल इन्फिल्ड बाइक कर्पाेरेट सेक्टर र पर्यटन व्यवसायीले समेत अत्याधिक रुचाएको बाइक हो । बाइकको शो रुमको साथै सर्भिस बे र स्पेयर्स पार्टस् सेक्सन समेत रहेको कार्यक्रममा जानकारी दिइएको थियो । विश्व स्तरीय शोरुम धरान र इटहरीमा एकसाथ खुलेको बताउदै सेल्सहेड पौडेलले नेपालमा धेरै वटा शोरुमको शाखा भएता पनि बिआरआइ शाखा धरान र इटहरी सहित आठ वटा मात्रै रहेको बताए । उनले धरान र इटहरीमा भएको शो रुम र अमेरिकामा भएको शो रुममा एकै स्तरको सुविधा उपलब्ध रहेको दाबी गरे । शो रुमको उद्घाटन धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले गरेकी थिइन ।