बिर्तामोड/स्याङजाको वालिङमा स्थापना भएको गरिमा बिकास बैंकले बिहिबार एकैदिन झापामा चारवटा शाखा कार्यालय बिस्तार गरेको छ । स्याङजाको वालिङमा स्थापना भएको बैंकले पछिल्लो समयमा काठमाण्डौको लाजिम्पाटमा प्रमुख कार्यालय सञ्चालनमा ल्याएको छ ।
वैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज रुपमा वैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले झापाका दुइ स्थानमा र बिर्तामोड र दमक नगरपालिकामा शाखा बिस्तार गरेको हो । विहीवार बिर्तामोड, दमक सहित वुधवारे र वनियानीमा एकसाथ वैंकले शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन वैंकका अध्यक्ष तथा कार्यकारी निर्देकको उपस्थितिमा भएको थियो । बिर्तामोडमा स्थापित वैंकको ५२ औं शाखाको उद्घाटन बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले गरेका थिए ।
शाखाको उद्घाटन गर्दै नगरप्रमुख शिवाकोटीले वैंकलाई कृषि क्षेत्रमा पनि लगानी गर्न सुझाव दिए ।वैंकको शाखा उद्घाटन समारोहमा विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, एक्सल वैंकका कार्यकारी निर्देशक दिनेशकुमार पोखरेल, वैंकका सञ्चालन समिति सदस्य डा आनन्द श्रेष्टलगायतले बोलेका थिए । वैंक उद्घाटन समारोहमा वंैकका कार्यकारी प्रमुख गोविन्दप्रसाद ढकालले वैंकको गतिविधिका वारेका प्रकास पार्दै स्वागत गरेका थिए ।