विजयपुर । धरान नगर सरकारको दोश्रो नगरसभाले चार ओटा बिधेयक सहित बिभिन्न १० वटा निर्णय गर्दै सम्पन्न भएको छ । सभाले असोज देखि बिभिन्न समयमा भएका छ वटा कार्यपालिका बैठकका निर्णयहरुपनि अनुमोदन गरेको छ । पत्रकार सम्मेलन गरेर दिइएको जानकारी अनुसार सभाले आर्थिक ऐन २०७४ र बिनियोजन ऐन २०७४ संसोधन गर्न बनेको बिधयेक, धरान उपमहानगरपालिकाको प्रशासकिय कार्यविधि (नियमित गर्ने) विधेयक २०७५, धरान उपमहानगरपालिकाको सहकारी विधेयक २०७५,धरान उपमहानगरपालिकाको कृषि व्यवसाय प्रबद्र्धन विधेयक २०७५ सर्वसम्मतीमा पारित गरेको छ । मङगलबार विहान पौने ९ बजे देखि अपराह्न ३ बजे सम्म चलेको सभाले नगरको आन्तरिक आय बृद्धि गर्न करको क्षेत्र बढाउने र दर्ता नभई सञ्चालन भईरहेका ब्यासायहरुलाई दार्ताकागि मौका दिने निर्णय सभाले गरेको छ । नगर क्षेत्रभित्र कुनैपनि ब्यबसाय सञ्चालन गर्दा अनिबार्य उपमहानगरमा ब्यबसाय दर्ता गर्नुपर्ने स्थानीय सरकारको नियम छ । तर अहिले दर्ता बिनापनि ब्यबसाय सञ्चालन भई रहेको पाइएपछि त्यस्ता ब्यासायीलाई करको दायरामा ल्याउन सभाले बिशेष ब्यबस्था समेत गरेको छ । उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सवै व्यापार,व्यवसाय, पेशा तथा उद्योगलाई व्यवसाय करको दायरामा ल्याउन विशेष व्यवस्था गर्ने निर्णय भएको नगर कार्यपालिकाका प्रबक्ता मणिराम राईले जानकारी दिए । सभाले गरेको निर्णय अनुसार अब धरान उपमहानगरपालिका मा व्यवसायदर्ता गरी लामो समयसम्म रिन्यु नगरेका करदाताहरुलाई व्यवसाय करको दायरामा ल्याउन र नियमित गर्न आर्थिक वर्ष २०७१।२०७२ सम्मको करमा लाग्ने जरीवाना छुट हुने छ।चालु आर्थिक बर्षको आषाढ १५ गते सम्ममा यो ब्यबस्था लागु हुने सभाको निर्णय छ । बिना दर्ता सञ्चालन भई रहेका ब्यबसायलाईपनि तत्काल गर्दा प्रकृयामा आउन अनुरोध गरिएको छ प्रबक्ता राईले भने । सभाले नेपाली नागरिकता र परिचयपत्र नभएका हरुका लागि १ बर्षको मात्र धरौटी रकम राख्ने ब्यबस्था गरेको छ । यस अघि तिन बर्षको कर बराबरको रकम धरौटी राख्नुपर्ने ब्यबस्था थियो । सभाले २०७५ साल भित्र धरानलाई बालमैत्री नगर घोषणा गर्नेपनि प्रस्तावपनि पारित गरेको छ ।अब धरानको निती तथा कार्यक्रम निर्माण र बजेट निर्माणमा वालवालिकाको सहभागिता सुनिस्चीत भएको छ भने कार्यविधि अनुसार १५ प्रतिसत बजेटपनि छुट्टिने भएको छ ।सभाले बिपत ब्यबस्थापन गर्न नगर स्तरिय समिती समेत बनाएको छ । न्यायीक समितीको प्रतिबेदनपनि सभाले पास गरेको छ ।