चक्रघट्टि । सुनसरीको बराहक्षेत्र ५ रामझोडा निवासी ओम बानियाले मंगलबार देखि बराह क्षेत्र नगरपालिकाको प्राङगणबाट नेपाल साइकल यात्रा शुरु गरेका छन् । बराहक्षेत्र नगरपालिका साथै १ नं प्रदेशको धार्मिक,पर्यटकीय,साँस्कृतिक क्षेत्रलाई पर्यटन प्रवद्धनका साथै प्रचार प्रसार गर्ने उदेश्यले नेपाल साइकल यात्रा शुरु गरेको बानियाले बताएका छन् । शुरुमा १ नं प्रदेशका १४ वटै जिल्लामा घुमिसकेपछि अन्य प्रदेश प्रस्थान गर्ने छन् । ६ महिनामा नेपाल भरी ७ प्रदेशनै साइकल यात्रा गरीसक्ने र असोज १७ गते पुन बराहक्षेत्र आइपुग्ने प्रतिवद्धता जनाएका छन् । ६ महिनाको साइकल यात्राका निम्ति बानियाले २ लाख ७५ हजार निजि छुटेयाएका छन् । यस यात्राका निम्ति आफुले कतै बाट पनि अनुदान नलिएको बताएका छन् । सगरमाथा, बराहक्षेत्र, कोशी टप्पु आरक्ष , बुढासुब्बा, दन्तकाली , नमस्ते झरना ,धोजे डाडा, लगायतका पर्यटकिय तथा धार्मिक स्थलहरु आफ्नो प्रदेशमा रहेका छन् यिनिहरुलाई नेपालभरीनै परिचित गराउने र दशै तिहार पछि बिश्व साइकल यात्रा गरी बिश्वमा परिचित गराउने योजना रहेको बानियाले बताएका छन् । बानिया ६ बर्ष बैदेशिक रोजगारका निम्ति कतारमा कार्यरत रहेका थिए । जिबनमा पैसानै सबैथोक नभएकाले नगर र १ नं प्रदेशको पहिचानको निम्ति आफु सदैेब लागी पर्ने बताएका छन् । बिश्व साइकल यात्री पुष्कर शाहको प्रेरणाबाट आफु प्रेरित भएको बानियाले बताएका छन् ।