भद्रपुर । दुइ अपाङ्गमैत्रीसहित ६२ परिवारलाई दुइलाख ४४ हजार आठसय मूल्य बरावरको खाट वितरण गरिएको छ । झापाको भद्रपुर ९ मा रहेको चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले सोमबार आयोजना गरेको गरिवी न्युनिकरणका लागि खाट वितरण कार्यक्रममा समुदायलाइ खाट वितरण गरिएको हो ।
समूहले साविक चन्द्रगढी गाविसमा गरिवको रेखामुनि रहेर खाटविनानै भूइमा सुत्तै आएका दुइ अपाङ्ग र ६० जना अति गरिवलाई सखुवाकाठको फेरेम र प्लाइउड राखिएको निर्मित खाट वितरण गरेको थियो । निःशुल्क वितरण गर्दा महत्व नहुने भएकोले प्रतिखाट पाँचसय रुपैया शुल्क लिएर वितरण गरिएको समूहले जनाएको छ । वाडस्तरीय समिति गठन गरि पारिवारिक अवस्थालाइ हेरेर सामाग्री वितरण गरेको जनाएको छ । वार्षीकरुपमा आम्दानी गरेको ३५ प्रतिशत रकम गरिवी न्युनिकरणमा खर्च गर्नुपर्ने नियम रहेकोले सोहि अनुसार कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।
समूहका अध्यक्ष हिरा पोखरेलको सभापतित्व तथा भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा इलाका वन कार्यालय निचाझोडाका प्रमुख तथा सहायक वन अधिकृत राजन राईले औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा समूहका संयोजक विष्णु प्रसाद सिवाकोटी,पूर्व अध्यक्ष दुर्गाप्रसाद भट्टराई,जिल्ला वन कार्यालयका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले वोलेका थिए । कार्यक्रमको सञ्चालन समूहकी सचिव सकुन्तला पोखरेलले गरेकी थिइन् ।
































